काठमाडौं
युथ फोर्सले शप्ताह-व्यापी रक्तदान कार्यक्रम सन्चालन गरिरहेको छ । आज ४ दिन उपत्यकाका ५ स्थानमा कार्यक्रम सन्चालन गरेको युथ फोर्स बिभाग प्रमुख एवं युवा संघ कार्यालय सदस्य पुष्पराज श्रेष्ठले जनाए । श्रेष्ठका अनुसार कोभिड १९ को तेस्रो भेरियन्टका कारण उत्पन्न रगत अभाव पुर्तिका लागि शप्ताह-व्यापी रक्तदान अभियान गरिरहेको बताउनुभयो ।
गत १२ गते सुरु भएको कार्यक्रम नेकपा एमाले अध्यक्ष केपि वलिको स्वास्थ्य अवस्था चाँडै राम्रो होस् भन्ने कामना सहित बालकोटबाट नेता महेश बस्नेत बाट शुभारम्भ गरिएको श्रेष्ठले बताउनुभयो ।
कार्यक्रमका लागि रेडक्रसले कोभिडको महामारीका समय जुनसुकै बेला रगत अभाव हुन सक्ने भन्दै सबै संघ संस्थाहरुलाई सहयोगको अपिल गरे अनुसार विभिन्न संघ संस्थाहरुले रक्तदान कार्यक्रम गर्दै आएको छ । जसलाई रेडक्रसले नै व्यवस्थापन समेत गर्दै आएका छन् ।