नेता बस्नेतद्वारा “विपदमा काँग्रेस” अभियान सिन्धुपाल्चोकबाट सुरु गर्ने घोषणा

  प्रीतम कुमार तामाङ

काठमाडौं
नेपाली काँग्रेसका प्रभावशाली नेता, पुर्व सूचना तथा संचार मन्त्री एवं केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतद्वारा “विपतमा काँग्रेस” भन्ने अभियान सिन्धुपाल्चोकबाट सुरु गर्ने घोषणा गर्नुभएको छ । उहाँले आपत, विपद, दुख, पीडा परेको देशैभरका जुनसुकै ठाउँको जनताको घरदैलोमा नेपाली काँग्रेस जस्तो सुकै आवश्यक सहयोगको लागि पुग्ने गरि अभियान थाल्ने बताउनुभएको हो ।

आइतबार प्रेस युनियन सिन्धुपाल्चोकले भर्खरै सम्पन्न काँग्रेसको १४ औं महाधिवेशनबाट पुनः केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएका बस्नेतलाई वदाई एवं सम्मान गरिएको थियो । उक्त कार्यक्रममा युनियन जिल्ला अध्यक्ष दुर्गा आचार्य, नेपाल पत्रकार संघ पुर्व जिल्ला अध्यक्ष ऋषिराम पौडेल लगायत अन्य युनियनकर्मिहरुको उपस्थिति थिए ।

यसै अवसरमा उहाँको प्रयासमा देशैभर गरिएको सामाजिक सेवाको कार्यहरुलाई संसारभर समाचारको माध्यमबाट प्रचारप्रसार गरेर सहयोग पुर्याउने सम्पुर्ण मिडियाकर्मीहरुलाई आभार प्रकट गर्नुभयो । हरेक राम्रा कार्यहरुको मिडियाले सकारात्मक प्रचार गर्ने र नकारात्मक कार्यलाई निरुत्साहित गर्ने कार्य समेत मिडियाको रहेको उहाँको तर्क थियो । बस्नेतले हरेक अप्ठ्यारो परिस्थितिहरुमा प्रेस युनियनले समाजको पक्षमा पुर्याएको योगदान अतुलनीय रहेको जनाए ।

फ्रन्ट लाईनमा रहेर आफ्नो सुरक्षालाई ध्यानमा राखेर समाचार संकलन होस भन्ने उद्देश्यले उहाँले ३ हजार थान मास्क समेत प्रेस युनियन सिन्धुपाल्चोकलाई हस्तान्तरण गर्नुभयो ।

नेता बस्नेतले पार्टीको बाढी पहिरो विपद व्यवस्थापन केन्द्रिय समन्वय समितीको नेतृत्व गरिरहँदा देशैभर विपदमा परेका जनताहरुलाई सकेको राहत उपलब्ध गराउँदै २०७८ साल भित्र बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा परेर मृत्यु भएका प्रत्येक परिवारलाई नगद २५ हजारका दरले राहत वितरण गरेको स्मरण गराउनुभयो । त्यति मात्र नभै उहाँकै नेतृत्वमा देशैभरका काँग्रेसजनलाई “जनता रहे राजनीति” भन्ने नाराका साथ परेको ठाउँमा सहयोगमा जुट्न अपिल गर्नुभएको थियो । कोरोनाको पहिलो चरण र दोश्रो चरणमा सरकारको नेतृत्व गरिरहेकाहरुले स्वास्थ्य सामाग्रीहरुमा करोडौं घोटाला गरिरहँदा बस्नेतले व्यक्तिगत सरसहयोग जुटाएर लाखौं थान मास्क, हजारौं लिटर सेनिटाईजर, ग्लब्स, पिपिई सेट, हजारौं अक्सिजन सिलिन्डर, सयौं थान आइसोलेसन बेड देखि खाद्यान्न वितरणलाई व्यापक रुपमा अभियानकै रुपमा वितरण गरिएको थियो ।

यसै कार्यलाई निरन्तरता दिँदै उहाँले सिन्धुपाल्चोकबाट आफ्नै नेतृत्वमा “विपदमा काँग्रेस” भन्ने अभियान थाल्ने र सो अभियानमा देशैभरका मनकारी एवं दानी काँग्रेसजन सामेल हुनेमा ढुक्क रहेको बताउनुभयो । “त्यति मात्र हैन हाम्रो सामाजिक कार्यलाई माया गर्ने बिदेशी भुमिमा रहेका लाखौं नेपाली दाजुभाइ, दिदिबहिनीहरुले समेत साथ दिनेमा बिश्वस्त छु”, बस्नेत भन्नू हुन्छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार