चौतारा ५ मा बाल मन्दिरको जग्गामा अनाधिकृत पार्किङ निर्माण

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
नेपाल बाल संगठनले आफ्नो नाममा रहेको सम्पत्ति संरक्षणका लागि सरोकारवाला हरुलाई आह्वान गरेको छ । सोमबार जिल्ला सदरमुकाम चौतारामा रहेको बालमन्दिरको गेट सहितको प्राङ्गणमा चौतारा साँगाचोकगढि नपा वडा नं. ५ ले अधिग्रहण गरि पार्किङ निर्माण गर्दै गरेको बिषय उल्लेख गर्दै सो काम तत्काल रोकि सम्पत्ति संरक्षणका लागि प्रमुख जिल्ला अधिकारी र नगरपालिका का प्रमुखलाई आग्रह गरेको छ ।

बालमन्दिरको स्वामित्वमा रहेको जग्गामा पार्किङ निर्माणको कार्य सुरु भएपछी सो विषयमा अधिवक्ता सुरज नेपालले बालमन्दिर लाई जानकारी गराएका थिए ।
नियम बिपरित अनाधिकृत रुपमा निर्माण सुरु भएको उक्त कार्य तत्काल रोक्न जिल्ला प्रसासन तथा नगरपालिकालाई पत्राचार गरेको हो । बालमन्दिरको अध्यक्ष विद्या उपाध्याय न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा अनाधिकृत रुपमा निर्माण सुरु भएको निर्माण कार्य रोकि ३-६-१-१ क्षेत्रफल जग्गाको सुरक्षाको लागि सबै सरोकारवालालाई बालमन्दिरले आग्रह गरेको हो । पत्र;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार