९२ वर्षमा अस्ताए प्रजातान्त्रिक सेनानी बम बहादुर कार्की, चारतारे झण्डा ओढाएर श्रद्धाञ्जली

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
साविक फुल्पिङ डाँडा गा.वि.स. ९, हाल बलेफी गाउँ पालिका ५ निवासी प्रजातान्त्रिक सेनानी बम बहादुर कार्कीको आज ९२ वर्षको उमेरमा निधन हुनुभएको छ । उहाँको जन्म बि.सं. १९८७ कार्तिक १६ मा हुनुभएको थियो ।

पञ्चायत कालमा सिन्धुपाल्चोक जिल्ला बिकास समितिमा करिब ९ वर्ष सभापतिको रुपमा जिम्मेवारी सम्हालेका कार्की २००७ सालमा प्रजातन्त्र स्थापना लगायत बहुदल ल्याउन समेत अग्रणी भुमिका निभाउनुभएको व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ नेपाली काँग्रेसको पुर्व क्षेत्रीय सभापति समेत हुन् ।

उहाँको पार्थिब शरीरमा नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ क्षेत्रीय सभापति बालकृष्ण बस्नेत र बलेफी गाउँ पालिका सभापति रामकुमार तामाङद्वारा पार्टीको चारतारे झण्डा ओढाएर सम्मान गर्दै अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । उहाँको आजै अन्त्योस्टि गरिएको छ ।

 

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार