चौतर्फी जनदबाब थेग्न नसकेपछि जुगल सरकारले बोलाए इतिहास कै पहिलो सर्वदलीय बैठक

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, जुगल
जुगल सरकारले आफ्नो कार्यकालकै अन्तिम अन्तिममा आउँदा पहिलो पल्ट सर्वदलीय बैठक डाकेका छन् । निर्वाचित स्थानीय सरकार भनेंको कुनै पनि पार्टीको जनता प्रती पुर्वाग्रह नराखी काम गर्नुपर्नेमा सम्पुर्ण कार्यकाल नै एकलौटी ढंगले चलाएको आरोप खेप्दै आएको जुगल सरकार अन्ततः सोच्न बाध्य भएको छ ।

स्थानीय सरकारको करिब ५ वर्ष बित्नै लाग्दा अहिले सम्म कुनै दलको बिरोध या सल्लाह नटेरी आफू खुसी मनोमानी निर्णय गर्दै आएको जुगलका अध्यक्ष होमनारायण श्रेष्ठ अन्ततः एकलौटी निर्णयको विरुद्ध जनता आक्रोशित भै बिरोधमा उत्रीने देखेपछि बाध्य भएर बैठक आह्वान गरेको स्थानीयले टिप्पणी गर्न थालेका छन् ।

गाउँ पालिका अध्यक्ष श्रेष्ठलाई हालै वडा नं. ५ को बराम्ची स्वास्थ्य चौकी स्तरोन्नतिका लागि परेको योजना नै स्थानान्तरण गरेर चनौटे लगेको आरोप छ । वडाका कसै संग सरसल्लाह अनि कुनै भेला नै नगरी केही स्वार्थ केन्द्रित व्यक्तिहरुको प्रलोभनमा परि पुरानो स्थानलाई छाडेर नयाँ स्थानमा सारेको आरोप स्थानीयहरुले लगाएका छन् । यसरी जनविरोधी कार्य गरेको भन्दै जुगल ५ का पुरानो स्वास्थ्य चौकी रहेको बराम्चीका प्रायः स्थानीय आक्रोशित भै यसको विरुद्ध खरो रुपमा उत्रीने भएपछी गाउँ पालिका राष्ट्रिय महासंघका अध्यक्ष समेत रहेका श्रेष्ठ सोच्न बाध्य भएको बराम्चीका स्थानीयले जन्मभूमि पोष्टलाई जनाए ।

यति मात्र हैन उनलाई यस अघि उनकै कार्यकालमा जुगल २ गोल्चेमा परेको १५ शैयाको अस्पताल आफु अनुकुल नहुने देखेपछि बजेट फृज गराई योजना विफल पारेको आरोप समेत लाग्दै आएको छ ।

यसरी चौतर्फी आलोचना र विरोध आउन थालेपछि गाउँ पालिकाले २ गते निकालेको सुचनामा जुगल ५ चनौटेमा बन्न लागेको १० शैयाको अस्पतालको बारेमा उठेको जनगुनासो र सरोकारको विषयमा जुगलका कृयाशिल राजनीतिक पार्टीहरु बिच छलफल गर्नुपर्ने भएकोले आउँदो ७ गते बैठक डाकिएको जानकारी गराएका छन् ।

यस्तो छ सूचना ;

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार