अग्रपंक्तिमा खटिनेलाई आजबाट बुस्टर डोज, यी अस्पतालहरुमा उपलब्ध

  जन्मभूमि संवाददाता

काठमाडौं
कोरोना भाइरसको तेस्रो लहर अर्थात ओमिक्रोनको संक्रमण बिश्वभर फैलिरहेको छ । यस्तैमा नेपालमा पनि यस भाइरस संक्रमितको संख्या बढ्दै गैरहेको छ । नेपाल सरकारले यसको रोकथाम एवं नियन्त्रण गर्ने उद्देश्यले बुस्टर डोज लगाउने निर्णय गरेको छ ।

यो डोज लगाउनका लागि यसअघि कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा गरेको हुनुपर्ने छ । यसअघि जुन खोप लगाइएको थियो बुस्टर पनि सोही खोपको मात्रा लगाउनु पर्ने छ ।

आजैबाट काठमाडौंमा अग्रपंक्तिमा खटिनेहरुलाई यो डोज लगाउने भएको छ । उपत्यकाका १७ खोपकेन्द्रबाट लगाउन सकिने पनि स्वस्थ्य कार्यालय काठमाडौंले जनाएको छ । जसमा सशस्त्र प्रहरी अस्पताल, प्रसुती गृह थापाथली, टेकु अस्पताल, प्रहरी अस्पताल, आर्मी अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल लगायत स्थानमा बुस्टर डोज लगाउन सकिने जनाइएको छ ।

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार