भोटेकोसी दुगुनागढीको होम स्टे प्रचारप्रसारमा स्थानीय युवाहरु आफैं अग्रसर

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँ पालिका ३ स्थित ऐतिहासिक एवं पर्यटकीय महत्व बोकेको दुगुनागढी र यहि स्थानमा खोलिएको होम स्टेको प्रचारप्रसारमा स्थानीय युवाहरु आफैं लागीपरेका छन् । आन्तरिक एवं बाह्य पर्यटकलाई समेत लक्षित गर्दै अँग्रेजी सालको नयाँ वर्षको अवसर पारेर यस्तो अभियानको थालनी गरेका हुन् ।

विशेष शेर्पा जातीको बाहुल्यता रहेको एकीकृत बस्ती यार्मासिंमा विशेष कार्यक्रम गरेर धुमधामका साथ प्रचारमा लागेका छन् । त्यहाँ द्घारिका फाउण्डेसनले निर्माण गरेको एकीकृत बस्तीमा ‘होम स्टे’ सञ्चालन गरेका हुन् ।

भोटेकोसी मै रहेको सुख्खा बन्दरगाह देखि ५ किलोमीटर कच्ची बाटो उक्लेपछी पुग्ने सो स्थानमा एकै दिन ४० देखि ५० जना पर्यटकलाई राख्न सक्ने क्षमता रहेको स्थानीय निमा सोनम शेर्पाले जनाए । होम स्टे र ऐतिहासिक दुगुनागढी पुग्ने बाटोको अवस्था भने अत्यन्तै चिन्ताजनक छ । जहाँबाट पर्यटक आवतजावत गर्न भने कठिन रहेको र यो बाटोको स्तरोन्नति गर्न गाउँ पालिका समेत लागि नपरेको स्थानीयको गुनासो छ ।

भुकम्पले जिर्ण बनेको भोटेकोसीमा आन्तरिक पर्यटनलाई अघि बढाउन सके त्यहाँको जनताहरुको जिवनस्तर उकास्ने पक्का रहेको सरोकारवालाहरु बताउँछन् । त्यस्तै भोटेकोसी भित्र थुप्रै धार्मिक, पर्यटकीय एवं ऐतिहासिक महत्वका थुप्रै स्थानहरु रहेकोले सबैको प्रचारप्रसार हुन सके स्थानीय स्तरमा नै रोजगारीको सृजना हुने पक्का छ ।

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार