परिवर्तनका लागि सहकार्य नेपाल” द्वारा बिद्यार्थीलाई शैक्षिक सामाग्री, अभिभावकलाई बाख्रा

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, हेलम्बु
Change Action Nepal ( परिवर्तनका लागि सहकार्य नेपाल) नामक संस्था द्वारा हेलम्बु ६ इचोकमा विशेष सहयोग कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सोहि स्थानको इचोक मा.वि. र महेन्द्र मा.वि. का ४१ विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेका छन् भनें १० जना अभिभावकहरुलाई ५० हजार बराबरको १० वटा बाख्रा बितरण गरेको हो । शैक्षिक सामाग्रीमा १ दर्जन कापी, १ दर्जन बलपेन र २ दर्जन पेन्सिन हस्तान्तरण गरे । साथै विद्यालयलाई रु. ४ हजार बराबरको खेलकुद सामाग्री (फुटबल र भलिबल) पनि हस्तान्तरण गरेका छन् । त्यस्तै बाख्रा पाउने अभिभावकहरुलाई १ दिने बाख्रा पालन सम्बन्धि तालिम दिएको संस्थाको प्रतिनिधि शान्ति कुँवरले बताउनुभयो ।

कार्यक्रम संस्थाका प्रतिनिधि शान्ति कुँवरको सभापतित्व र वडा सदस्य कमला सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अतिथिका रुपमा विद्यालयका प्र.अ. पुर्ण बहादुर पण्डित, वि.व्य. स अध्यक्ष शेलदोर्जे गुरुङ, संस्थाका कर्मचारीहरु जस्मिन लामा र बिनु लिम्बू उपस्थित थिए ।

यस संस्थाले यति मात्र नभै पौष १५ गते इचोक मा.वि. का ९ र १० कक्षा अध्यनरत र शैक्षिक सामाग्रीबाट लाभान्वित विद्यार्थीहरु तथा अभिभावकहरुलाई बाल बिबाह सम्बन्धि तालिम “Training On Large Aspect of child marriage of unsafe Migration to parents and children” दिँदै समापन गरिएको थियो । उक्त तालिमबाट बालबालिका तथा अभिभावकहरुले बालविवाह तथा असुरक्षित बसाइँसराइ सम्बन्धि ज्ञान प्राप्त गरे ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार