नेपाल तामाङ संस्कृति घेदुङको सहकार्यमा नि:शुल्क टुङ्ना र डम्फु प्रशिक्षण हुँदै

  प्रीतम कुमार तामाङ

काठमाडौं
नेपाली मौलिक लोक बाजाहरुको संरक्षण, प्रबर्द्धन र व्यवसायीकरण गर्ने उदेश्यले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको आयोजना र नेपाल तामाङ संस्कृति घेदुङको सहकार्यमा टुंना र डम्फु प्रशिक्षण हुनेभएको छ । यहि पौष १४ देखि ३० गते सम्म नेपाल तामाङ घेदुङको सभाहलमा सो प्रशिक्षण हुने संस्कृति घेदुङका अध्यक्ष छेवाङ तेन्जिङ लामा (तामाङ) ले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो ।

लामाका अनुसार नेपाली मौलिक लोक बाजा प्रशिक्षण कार्यक्रम अन्तर्गत तामाङ समुदायको ऐतिहासिक साँस्कृतिक, मौलिक लोक बाजा डम्फू र टुङ्नाको सैद्धान्तिक तथा कृयात्मक प्रशिक्षण हुनेछ । यस प्रशिक्षणबाट हराउँदै गएको संस्कार अनि संस्कृति जोगाउन ठुलो योगदान पुग्ने उहाँको भनाइ छ । साथै सो प्रशिक्षणका लागि सम्बन्धित सबैमा सहभागी हुनुभै मौकाको फाइदा उठाउन समेत आग्रह गरिएको छ ।

१७ दिने प्रशिक्षण कार्यक्रम निशुल्क रुपमा गरिने छ । ३० गते समापन हुने कार्यक्रममा मौलिक बाजा सिकेका सबै प्रशिक्षर्थीहरुद्वारा प्रस्तुति देखाईनेछ । त्यस्तै अन्य लोकबाजाहरु सिक्नका लागि तलको व्यक्ति र नम्बरहरुमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार