डुप्लिकेट युरेनियम कारोबार गर्ने मानिसहरु पक्राउ

काठमाडौं
युरेनियम भन्दै अवैध कारोबार गर्ने व्यक्तिहरु प्रहरीले पक्राउ गरिएको छ । हिजो बुधबार बेलुका ५ बजेको समयमा का.म.न.पा. वडा नं. १६ बालाजु बसन्तनगर स्थित गेष्ट हाउसबाट उनिहरुलाई पक्राउ गरिएको हो । हेर्दा युरेनियम जस्तो देखिने टल्किने पद्वार्थको अबैध कारोबार भई राखेको छ, भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटि गएको बिषेश प्रहरी टोलीले उक्त स्थानबाट सामान सहित कारोबारमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु, काठमाण्डौ पठाईएको बताईएको छ ।

सो सामाग्री प्रति के.जी. २ करोडको दरले किनबेच हुन लागेको समेत प्रहरी अनुसन्धानबाट खुल्न आएको प्रहरी वृत्त बालाजुले जनाएको छ । यस्तो गैरकानुनी कार्य गर्नेमा नुवाकोट जिल्ला, बिदुर न.पा.६ घर भई हाल का.जि.मनमैजु बस्ने लक्ष्मण घिमिरेको छोरा बर्ष ३१ को प्रदिप घिमिरे,
नुवाकोट बिदुर न.पा.२ घर भई हाल का.जि.मनमैजु बस्ने बर्ष ३१ को राजेन्द्र परियार, काठमाण्डौ तारकेश्वर न.पा. फुटुङ् बस्ने बर्ष ३६ को रंजित कार्की रहेका छन् ।

प्रहरिले युरेनियम जस्तै देखिने १२०० ग्राम बरामद गरिएको हो ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार