दोश्रो तामाङ मौलिक सेलो महोत्सव विशेष हुने, नजिकबाट सुन्न, बुझ्न अनि रम्न नछुटौं

  प्रीतम कुमार तामाङ

काठमाडौं
तामाङ कलाकारहरुको छाता संगठन नेपाल तामाङ कलाकार संघले मौलिक सेलो गितलाई प्राथमिकतामा राखेर महोत्सव गर्ने भएको छ । “सम्पुर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला, संस्कृतिको विकास, संरक्षण तथा प्रबर्द्धन हाम्रो प्रतिबद्धता” भन्ने नारा सहित दोश्रो तामाङ मौलिक सेलो संगित महोत्सव सम्बन्धि नेपाल तामाङ घेदिङको हलमा पत्रकार सम्मेलन गर्दै अवधारणा सार्वजनिक गरेका छन् ।

महोत्सव यहि आउँदो मंसिर २४ र २५ गते हायत ग्राउन्ड चुच्चेपाटीमा कार्यक्रम हुने संघका अध्यक्ष विश्व दोङले बताउनुभयो । ३० लाख अनुमानित बजेट खर्च हुने कार्यक्रमको उद्घाटन सत्रमा पर्यटन तथा संस्कृति मन्त्री प्रमुख अतिथी हुनेछन् । त्यस्तै दोश्रो दिनमा प्रदेश सामाजिक मन्त्री कुमारी तामाङ प्रमुख अतिथी हुने आयोजकले जानकारी दिएका छन् ।

तामाङ सेलो महोत्सवमा विशुद्ध तामाङ मौलिक गितहरुलाई मात्र स्थान दिने अध्यक्ष दोङले जनाए । स्टेजमा बिशेष गरि मौलिक सेलोहरु खान्दोके, फापारे, म्हेन्दोमायालाई अग्रस्थानमा प्रस्तुतिका लागि समय दिने र व्यवसायीक गितहरुलाई अलि थोरै समय दिने आयोजकले तयारी गरेका पनि दोङले बताउनुभयो ।

त्यस्तै दोश्रो सेलो महोत्सवले सेलो भित्र रहेको ताम्बा संस्कार, संस्कृति, विविधता, महत्व देखि यसको सुरुवात, यस भित्र रहेको विकृतिलाई छलफल अनि बहसको विषय बनाउने समेत जनाएको छ । जसका लागि सेलो गितसंगितमा अनवरत रुपमा लागेका व्यक्तित्वहरु, संगितका विशेषज्ञ, संगितका विद्यार्थीहरु देखि सरोकारवालाहरु बीच बहस गर्ने र कार्यपत्र प्रस्तुत गर्ने समेत तयारी गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । जसले गर्दा यो दोश्रो मौलिक तामाङ सेलो महोत्सव विशेष हुने देखिएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार