बार परिसरमै अधिवक्ताहरु बिच किक बक्सिङ

  प्रीतम कुमार तामाङ

काठमाडौं
दुई अधिवक्ता बिच बार एसोसिएसनकै प्रांगणमा किक बक्सिङ चलेको छ । अधिवक्ता विराट न्यौपानेले अर्का अधिवक्ता भूमिनन्द चुँडाल माथी बक्सिङ र किक प्रहार गरेको हो । जवाफीमा चुँडालले पनि न्यौपाने माथी किक हान्ने प्रयास गरेका छन् ।

अधिवक्ता चुँडालले इजलास चल्नुपर्ने राय राखेर मिडियामा आफ्नो भनाई राखिरहेको बेलामा अधिवक्ता न्यौपानेले उनीमाथि प्रहार गरेको बताईएको छ । न्यौपानेले चुँडाललाई दलालको संज्ञा दिँदै इजलास चल्न दिन नहुने पक्षमा देखिएको छ ।

घटना इजलास चल्न दिनुपर्ने र दिन नहुने पक्ष र विपक्षका कारण भएको बुझिएको छ । कुटाइ खाएपछि चुँडालले राजा आउनुपर्ने धारणा समेत राखेका छन् । केही दिन यता प्रधानन्यायाधीश चोलेन्द्र समशेरको राजिनामा माग गर्दै बार आन्दोलनमा उत्रिएका छन् । प्रधानन्यायाधीश समशेरले आफुले राजिनामा नदिने बताईसकेका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार