६ दिन देखि सम्पर्क बिहिन सन्चबिर तामाङ खोजी दिन परिवारको अपिल

  प्रीतम कुमार तामाङ

काठमाडौं
गत कार्तिक २ गते दिउँसो करिब ३ बजे देखि सन्चबिर तामाङ परिवारको सम्पर्कमा छैनन् । ६५ वर्षे तामाङ एकाएक परिवारको सम्पर्कबाट बाहिर भएपछि उहाँ कहाँ र कुन अवस्थामा छन् कतैबाट कुनै खबर नआएपछि परिवारमा चिन्ता थपिएको छ ।

तामाङ सिन्धुपाल्चोक जिल्ला साविक फुल्पिङ्कोट गा.वि.स. ७ हाल बलेफी गाउँ पालिका ३ धुस्कोट निवासी हुन् ।

पारिवारिक श्रोतका अनुसार कतै आफन्तकोमा र काठमाडौं समेत कहिल्यै नजाने यो पल्ट अचानक घर छोडेर हिँड्नु भएको बताए । चिनेजानेको सबैतिर परिवारले खोजी गरेपनी कतै फेला नपरेको र कतै आफन्तजनकोमा पनि नआएको जन्मभूमि पोष्टलाई जानकारी दिएका छन् । चिने जानेको सबैतिर खोजी गर्दा समेत नभेटिएपछी मिडिया मार्फत कहिँ कतै कसैले देख्नु वा भेट्नु भएमा नजिकको प्रहरी कार्यालयमा अथवा आफन्तलाई खबर गरेर सहयोग पुर्याउनु हुन परिवारजनले सबैमा अपिल गरेका छन् । परिवारको सम्पर्क नं. 9869862857                                                     

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार