तर्केघ्याङ चेली पेमाको पहलमा हेलम्बु चिउरीखर्कका २१ बाढी विस्थापितलाई दराज र पलङ

  जन्मभूमि संवाददाता

काठमाडौं
अमेरिकमा रहनुहुने तर्केघ्याङ्की चेली पेमा लामा (शेर्पा) को पहलमा तर्केघ्याङ कम्युनिटी USA को टिमबाट र स्वयम् को तर्फबाट रकम संकलन गरि हेलम्बु चिउरीखर्कका २१ बाढी विस्थापितलाई दराज र पलङ सहयोग गरेका छन् । गत असार १ गते गएको बढीका कारण विस्थापितहरुलाई कुन कुराको समस्या छ भनी बुझ्दा पलङ र कपडा रख्नलाई दराज अतिनै जरुरी देखिएपछी सो सामाग्रीहरु उपलब्ध गराएको जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो ।

सोही स्थानमा असार १ र १६ गते आएको बाढीका कारण २१ घर बगाएको थियो । विस्थापित २१ घरका लागि दराज र पलङ बनाउने क्रममै बाढीले पुल बगाएपछि सामान ढुवानी गर्न सकिएको थिएन । त्यसैले पनि अहिले हेलम्बु जोड्ने अस्थायी पुल बनेपछि विस्थापित सम्म सामाग्रीहरु पुर्याएर हस्तान्तरण गरिएको शेर्पा बताउँछिन् ।
यति मात्र नभै हेलम्बु मेलम्ची भीषण बाढी कै बिचमा Covid गाउँ गाउँमा फैलिन थालेपछि आवश्यक औषधि, परिक्षण गर्ने कीट बाटो नभएपछि तर्केघ्याङ कम्युनिटी USA कै प्रयासमा हेलिकप्टर मार्फत त्यहाँ सम्म पुर्याएका थिए । तर्केग्याङको सबैभन्दा कुनाको गाउँ जहाँ साधन जान सक्ने पहुँच नभएको स्थानमा डाक्टर टिम सहित लिएर ९२ जनाको पिसिअर टेस्ट गरेको पहलकर्ता शेर्पाले जनाए । साथै सोहि दिन प्रत्येक घरलाई मास्क, सेनिटाइजर, अक्सोमिटर समेत वितरण गरिएको थियो ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार