सुनकोसीको टिमुरे, रतनकोट, जुगे यात्रु बस पुर्व मन्त्रीद्वारा उद्घाटन, स्थानीय हर्षित

  प्रीतम कुमार तामाङ

काठमाडौं
असोज २१ देखि सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका अन्तर्गत पर्ने १२ कि. मि. हुँदै टिमुरे, रतनकोट, जुगे सम्म बस संचालन उद्घाटन भएको छ । पुर्व मन्त्री मोहन बहादुर बस्नेतद्वारा ३० करोड बढि बजेट पारिएको सो सडकमा उहाँबाटै यात्रु बस सेवा समेत उद्घाटन गरिएको हो । पुर्व मन्त्री बस्नेतद्वारा नेपालीहरुको महान चाड नजिकिँदै गर्दा बस सन्चालनमा ल्याई सो क्षेत्रका बासिन्दाहरुलाई उपहार जस्तै दिएकोमा स्थानीयहरु हर्षित देखिन्थे ।

उद्घाटन कार्यक्रममा बोल्नु हुँदै नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवं विपद व्यवस्थापन समन्वय समितिका संयोजक बस्नेतले सो सडकलाई पक्की बनाउनका लागि आफू सांसद हुँदा ३० करोड ७४ लाख बिनियोजन गराएको जानकारी गराउनुभयो । नेता बस्नेतले अब यस क्षेत्रको जनताहरु बिकासको गतिमा लम्किने ठोकुवा गर्दै आफू त्यस भेगका जनताको सुख दुखमा संधै साथमा रहने प्रतिबद्धता जनाउनुभयो ।
उद्घाटन कार्यक्रममा विजयादशमीको शुभकामना आदनप्रदान कार्यक्रम समेत भएको छ । अरनिको राजमार्गबाट समेत नजिकै पर्ने यी स्थानहरुमा सार्वजनिक बस सन्चालन नहुँदा विकट जस्तै बनेको थियो । अब बस सन्चालन भएपछी सो क्षेत्रका हजारौं जनता प्रत्यक्ष लाभान्वित भएको उक्त सडक खण्डका अध्यक्ष एवं सुनकोसी गाउँ पालिका तरुणदल अध्यक्ष थुप्तेन ग्याल्बो लामाले बताउनुभयो ।

अरनिको यातायात समितिले संचालनमा ल्याएको बस सेवा काठमाडौ कोटेश्वरबाट खाडीचौर-सानोपाखर १२ किलो हुदै टिम्मुरे-रतनकोट-जुगे पुग्नेछन् । काठमाडौंबाट दिउँसो १२:१५ मा छुट्ने बस जुगेबाट काठमाडौं भने बिहान ७ बजे छुट्ने
अरनिको यातायात संघले जनाएको छ । संघका अनुसार काठमाडौंबाट १२ किलोसम्म ३०० रुपैयाँ, १२ किलोबाट अन्तर्पु २० रुपैयाँ, टिम्मुरे ४० रुपैयाँ, रतनकोट ६० रुपैयाँ, र जुगेसम्म ८० रुपैयाँ गरि काठमाडौंबाट जुगेसम्म कुल ३८० रुपैयाँ भाडा लाग्नेछ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार