प्रहरी हिरासतमा मृत्यु प्रकरणको निष्पक्ष छानबिन होस् – नेपाल तामाङ घेदुङ

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
४ दिनदेखि बाह्रबिसे ईलाका प्रहरीको हिरासतमा रहेका खड्का बहादुर तामाङको
मृत्युको विषयलाई लिएर नेपाल तामाङ घेदुङले विज्ञप्ति जारी गर्दै निष्पक्ष छानबिन गरि दोषीलाई कडा कारबाहीको माग गरेका छन् । चोरी आरोपमा पक्राउ गरिएको तामाङको मृत्यु स्थानीय राम श्रेष्ठ र प्रहरीबाट कुटिएको कारण भएको प्रत्यक्षदर्शी स्थानीयबाट प्रष्ट भैसकेकोले गम्भीर ध्यानाकर्षण भएको घेदुङको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

घेदुङ महासचिव मोहित कुमार तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “व्यक्तिले गरेको अपराधलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा हिरासतमा लिइसकेको आरोपितलाई सोधपुछको नाममा निर्घात कुटपिट गरी मृत्युको मुखमा पुऱ्याउने प्रहरी र स्थानीयको रबैयाले मुलुकको कानुनी राज्य व्यवस्थामाथि नै प्रश्न उठाएको छ ।”

नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकका अध्यक्ष रेशम स्याङ्बोले तामाङको मृत्यु नभै हत्या भएको स्पष्ट सबैले बुझिसकेकोले घटनालाई तोडमोड नगरी तत्काल छानबिन गर्न प्रशासन अघि बढ्नुपर्नेमा उल्टै बिश्वास गर्नै नसक्ने अफवाह फैलाउन लागि परेको बताउनुहुन्छ । रक्सी खाना नपाएर तामाङ छटपटीमा मृत्यु भएको जस्ता कपोलकल्पित मनगढन्ते कुरा प्रहरीले गर्न नसुहाउने र तामाङलाई कुटपिट गर्ने प्रहरी तुरुन्तै पहिचान गरि कारबाही अघि बढाउन माग गर्नुभएको छ ।

कुटाईबाट सख्त घाइते तामाङलाई २२ गते बिहान धुलिखेल अस्पतालमा उपचारका लागि लगे पनि उपचार गर्न नपाउँदै मृत्यु भएको थियो । अस्पताल पुगेका आफन्तजनले मृतक तामाङको शरीरभरी निलडाम नै निलडाम देखेपछी उनको मृत्यु स्थानीय श्रेष्ठ र प्रहरीको कुटपिट बाटै भएको ठोकुवा गर्दै घटनामा संलग्न प्रहरीलाई अनुसन्धान गरि कडा कारबाही हुनुपर्ने माग राख्दै आईरहेका छन् ।

विज्ञप्ति;

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार