प्रहरी हिरासतमा रहेका तामाङ कुटपिट गरि मारेको भन्दै आफन्तजन आन्दोलित

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
४ दिनदेखि बाह्रबिसे ईलाका प्रहरीको हिरासतमा रहेका खड्का बहादुर तामाङको मृत्यु रहस्यमय भएको भन्दै आफन्तजन आन्दोलित भएको छ । उनिहरुले प्रहरीले कुटपिट गरेर ज्यान लिएको आरोप लगाएका छन् ।

धुलिखेल अस्पतालमा उपचारका लागि लगेका तामाङ उपचार गर्न नपाउँदै मृत्यु भएको हो । आफन्तजनबाट प्राप्त मृतक तामाङको शरीरभरी निलडाम नै निलडाम स्पष्ट देखिने तस्वीर सार्वजनिक भएको छ । आफन्तजनले कुटपिट भएको ठोकुवा गर्दै घटनामा संलग्न प्रहरीलाई अनुसन्धान गरि कडा कारबाही हुनुपर्ने माग राख्दै आक्रोशित बनेका छन् ।

सहकारी चोरी गरेको आरोपमा तामाङलाई प्रहरीले गएको १८ गते बेलुका पक्राउ गरि हिरासतमा राखिएको थियो । उनी बाह्रबिसे नगरपालिका ७ थगामका हुन् ।

अनुसन्धानका लागि हिरासतमा भएको व्यक्तिको रहस्यमय मृत्युु भएको र सिसिटिभी फुटेज समेत प्रहरीले बत्ती गएको भन्दै देखाउन इन्कार गरेको परिवारजनले जानकारी दिएका छन् ।

ईलाका प्रहरी कार्यालय बाह्रबिसेले भनें “प्रहरी हिरासतमा उनको मृत्यु भएको हैन, उपचारका लागि धुलिखेल अस्पताल पठाएकोमा उनको मृत्यु भएको हो । प्रहरीले कुनै कुटपिट गरेको छैन, प्रमाण स्वरुप सिसिटिभी फुटेज समेत सुरक्षित छ ।” भनेको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार