बाह्रबिसे प्रहरी हिरासतमा रहेका तामाङको उपचारका क्रममा मृत्यु

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
४ दिनदेखि बाह्रबिसे ईलाका प्रहरीको हिरासतमा रहेका बसेला तामाङको उपचारका क्रममा लाँदालाँदै मृत्यु भएको खबर प्राप्त भएको छ । तामाङ सहकारी चोरी गरेको आरोपमा प्रहरीले गएको १८ गते बेलुका पक्राउ गरि हिरासतमा राखिएको थियो । उनी बाह्रबिसे नगरपालिका ७ थगामका हुन् ।

अनुसन्धानका लागि हिरासतमा भएको व्यक्तिको यसरी रहस्यमय ढंगले मृत्यु भएपछि आफन्तजनले प्रहरी माथी गम्भीर आरोप लगाएका छन् । मृतकका आफन्तले प्रहरीले कुटपिट गरि मारेको आरोप लगाएका छन् ।

यस विषयमा ईलाका प्रहरी कार्यालय बाह्रबिसेका अनुसार आरोपीत तामाङको स्वास्थ्य अवस्था खराब रहेकोले उनकै आफन्तलाई साथमा राखी अस्पताल पठाएकोमा अस्पताल पुग्दा मृत्यु भएको खबर प्राप्त भएको बताए । “प्रहरी हिरासतमा उनको मृत्यु भएको हैन, उपचारका लागि धुलिखेल अस्पताल पठाएकोमा उनको मृत्यु भएको हो । प्रहरीले कुनै कुटपिट गरेको छैन, प्रमाण स्वरुप सिसिटिभी फुटेज समेत सुरक्षित छ ।” प्रहरी भन्छन् ।

तामाङको मृत्युको वास्तविकता बारे बुझ्न जिल्ला प्रहरी कार्यालयबाट डिएसपीको टोलि बाह्रबिसे पुगेको छ । सो टोलिले प्रारम्भिक अनुसन्धान गरिरहेको प्रहरी श्रोतबाट जानकारी प्राप्त भएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार