काठमाडौं
सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भै भुकम्प गएको छ। बुधबार बिहान करिब ५:१९ बजे गएको भुकम्प ५.३ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएका छन् ।
बिहानै गएको भुकम्पले निन्द्रामा रहेको सर्वसाधारणहरुलाई डर पैदा गराएको छ। सुतिरहेको अवस्थामा सबै कोलाहल मच्चाएर घर बाहिरा निस्केका थिए। भुकम्पबाट के कस्तो क्षति भयो भन्ने एकिन जानकारी भनें आएको छैन।