सुन्दरी उपमेयर सृजनाले पहिरो पिडितलाई आएको राहतमा पनि छाडेनन् कमिसन खाना, प्रमाण फेला

लिदि पिडित स्थानीय भन्छन् "हाम्रो पनि जुरो पिडितकै जस्तो हाल होला भन्ने डर छ।"

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, जुगल
पिडितको नाममा आएको राहत जस्तो सुकै अनि जतिसुकै किन नहोस् विश्वासिलो आधार सहित पिडित सम्म प्रमाणित हिसाबले पुग्नुपर्छ। प्रमाणित रुपमा पिडितलाई वितरण भए दाताहरु पनि खुशी अनि अन्य थप दाताहरु पनि जुट्दै र राहत दिन ईच्छुक हुँदै जान्छ नै। दाताहरु राहत त पठाउँछन् तर त्यो राहत सहि व्यक्ती मार्फत वास्तविक पिडित सम्म पुग्यो या पुगेन, कति पुग्यो, सदुपयोग भयो या दुरुपयोग, यस्तै शंकाले दाताहरु चिन्तित हुने नै भयो। जुन चिन्ता कम गर्न र विश्वासको पात्र खोज्न दाताहरु लाग्ने नै भैहाल्यो। त्यसैले पनि सो पात्र को हुन सक्ला भन्दा सबै भन्दा अघि हाम्रै जनप्रतिनिधिहरु नै आउने गर्छन्। हुनपनी हो, जनप्रतिनिधिहरुलाई भए उनैको जनतालाई पठाएको रकम खर्च स्वरुप कटाएर दिनुपनी परेन। किनकी हाम्रै करबाट उठेको रकम दैनिक भत्ता स्वरुप लिरहेकै हुन्छ। जसले गर्दा जत्तिको त्यती राहत पिडित सम्म पुग्ने माध्यम नै उनिहरु हुने गर्छन्।

यस्तैमा सिन्धुपाल्चोक जुगल गाउँ पालिका वडा नं. २ को लिदि भीषण पहिरोका पिडितहरुलाई पठाएको राहतमा भनें ठिक उल्टो देखिएको छ। यहाँका पिडितहरुको लागि देश बिदेशबाट नगद, जिन्सी राहत उठ्ने क्रम जारी छ। विभिन्न संघ संस्था देखि व्यक्तिहरुले समेत नगद विभिन्न माध्यमबाट पठाईरहेका छन्। केही राहत रकम जिल्लाका सरकारी नेतृत्व देखि गाउँ पालिका, वडाका जनप्रतिनिधि सम्मलाई पठाईरहेको छ।

देशकै कान्छी र सुन्दरि उपप्रमुखको रुपमा चर्चा कमाएकी उपप्रमुख आफ्नै गाउँ पालिका भित्र भनें अलोकप्रीय छिन्। उनि आफ्नो फाईदा हुने काममा जनताको समस्या नहेरी कमाउन मात्र अघि बढ्दै आएको स्थानीयहरुको जनगुनासो छ।

यसरी लिदि पहिरो पिडितको लागि आउने राहतमा बढी नै सक्रिय रुपमा भनें गाउँ पालिका उपप्रमुख सृजना तामाङ लागी रहेका छन् जुन उत्कृष्ट काम मान्नु नै पर्छ।
जनप्रतिनिधि भएपछी यत्तिको दु:खद घटनामा केही गरेर देखाउने उपयुक्त समय पनि हो। यस्तो बेला आफैंले खाँदै आएको भत्ता र गाडी चड्ने खर्च समेत जोहो गरेर उल्टै पिडितको सेवामा लगाउनुपर्ने हो। पिडितको नाममा आएको एक सुको मात्रै तलमाथि गरेपनी त्यो भन्दा ठूलो पाप के होला र? तर नेपालकै सुन्दरी उपमेयरको उपमा पाएकी सृजनाको त्यो अदृश्य कर्तुत कसैले सोच्नै सकिन्न। पहिरो पिडितको लागि आएको रकम लिदिबासीलाई कत्ती र कहाँबाट आयो अनि कती उनिहरुले पाए र कति बाँकी बस्यो, बाँकी कहाँ राखेको छ भन्ने स्पष्ट जानकारी कसैलाई छैन। किनकी ३९ जनाको एकै चिहान भएको सोझो लिदिबादी आफन्तको शव खोज्न तर्फ र शोकमा डुबेका छन्। यसरी शोकमा डुबेका लिदिबासीको फाईदा उठाउँदै उनिहरुका लागि आएको राहत रकम आएको भन्दा कट्टा भएर गायब बनाउछ भन्दा अपत्यारिलो लाग्छ नै। हो, हामीलाई पनि त्यस्तै लाग्यो। र प्रमाण जुटाउन लागि परे र प्रमाण पनि सजिलै पाए। तसर्थ के र कसरी यस्तो हर्कत उपप्रमुखबाट हुन गयो त्यसको जवाफ जनताले सोध्ने नै छ। तसर्थ अहिले भनें हाम्रो जन्मभूमि पोष्टले फेला पारेको र संकलन गरेको प्रमाण यहाँहरुलाई देखाउन चहान्छु।

पहिलो कर्तुत:

न्युज लिंक: http://www.jugalnews.com/2020/08/20/%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81-%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%b7-%e0%a4%b8%e0%a5%83%e0%a4%9c%e0%a4%a8/

https://m.facebook.com/story.php?story_fbid=1334954506896191&id=100011449635735

पाँचपोखरी थाङ्पाल गाउँ पालिका ५ का वडा सदस्य एवं स्थानीय दाताले व्यक्तिगत रुपमा पठाउनु भएको वास्तविक रकम नै नदेखाई घटाएर बाँडेको प्रमणित भएको छ। यसको प्रमाण स्वरुप मेगा रेमिटबाट पैसा पठाएको स्लिप सहित दुईवटा अनलाइन समचारमा लेखिएको समचारमा हेर्न सकिन्छ। यसैको अर्को प्रमाण स्वरुप सोही दिन राहत बाँड्दै गर्दाको एउटा भिडियो पनि फेला परे, जुन भिडियोमा पनि दाताबाट उपप्रमुख कै नाममा आईएमई मार्फत पठाईएको रु.३०,०००/- (तीस हजार दुई सय रुपैयाँ) रकम पिडित सम्म पुग्दा रु. २०,०००/- (बीस हजार मात्र) उल्लेख गरेको पाईयो। बाँकी १०,०००/- (दस हजार) कहाँ र किन गायब भयो त्यसको जवाफ भनें गाउँ पालिका उपप्रमुख तामाङलाई नै थाहा होला। यो छोटो भिडियो सुन्नुहोला।

दोश्रो कर्तुत:
कुरा गत भदौ ४ गतेको हो। उक्त दिनको दुई वटा अनलाईन न्युजमा १) गाउँ पालिका उपाध्यक्ष सृजना तामाङले बुझिलिएको नगद सहयोग ५ लाख ६२ हजार ५ सय पीडितलाई र २) उपाध्यक्ष मार्फत बुझिलिएको ५ लाख ६२ हजार पाँच सय पहिरो पीडितलाई भन्ने समाचार आए। जुन न्युज भित्र थुप्रै दाताहरुले पठाएको रकम समाबेश गरिएको रहेछ। सो समचारहरुमा सहयोगि हरु मा नेपाल तामाङ समाज कतार बाट रु १ लाख, द वर्गर हाउस एण्ड फ्राई चिकेन टिम बाट रु २ लाख ५२ हजार ५ सय, तामाङ सोसाइटी अफ अमेरिका बाट रु १ लाख २० हजार,हङकङ नेपाली युवा बाट ६० हजार, पदम बहादुर तामाङ पाँच पोखरी थाङ्पाल गा पा बाट व्यक्तिगत रु २० हजार, तेज तामाङ धनुषा बाट ५ हजार,सगु प्रोडक्सन प्रोपाइटर गणेश अधिकारी रु ५ हजार गरि जम्मा रकम ५ लाख ६२ हजार ५ सय रुपियाँ प्रत्यक्ष रुपमा घटना स्थल मै पुगेर गाउँ पालिका उपाध्यक्ष को रोहवरमा पहिरो पीडित लाई वितरण गरिएको छ।

राहत ३९ मृतक लाई १० हजार को दर ले जम्मा ३ लाख ९० हजार त्यसै गरि घाइते हरु ५ जना लाई प्रती व्यक्ति ५ हजार को दरले र पहिरो बाट घर पुर्ण क्षति भएका २२ घरधुरी लाई ५ हजार ५ सय को दर ले वितरण गरिएको थियो।” भनिएको छ।
स्कृन सट फोटो सहित तल हेर्नुहोस्;

यो न्युजहरुलाई नै आधार मान्दा उठेको रकम जम्मा ५ लाख ६२ हजार ५ सय देखिन्छ। जहाँ ५ लाख ७२ हजार ५ सय हुनुपर्नेमा रु. १०,०००/-(दश हजार) कमि  देखाईएको छ।

खर्च हेर्दा ३९ मृतकलाई प्रती १० हजारले रु.३,९०,०००/-(तीन लाख नब्बे हजार), घर पुर्ण क्षति भएको २२ धुरीलाई ५५००/- का दरले १,२१,०००/- (एक लाख एक्काईस हजार), ५ घाइतेलाई ५०००/- (पाँच हजार)का दरले रु. २५,०००/- गर्दा जम्मा रु.५,३६,०००/- (पाँच लाख छत्तिस हजार) वितरण भएको देखिन्छ।

अब प्रश्न उठ्छ कि, के पिडितले यस अनुसार नै पाए त राहत रकम?
लिदिकै एक स्थानीयलाई हामीले धेरै लामो प्रयास पश्चात् फोन सम्पर्कमा ल्याउन सफल भयो। र सोधिए कि तपाईंहरुलाई श्रावण ४ गते उपाध्यक्षले ल्याएको राहत रकम समाचारमा आएजस्तै गरि वितरण गरेको हो? भन्ने हाम्रो जिज्ञासामा उहाँले अर्कै कुरा हामीलाई जानकारी गराउनुभयो। उहाँका अनुसार दिउँसो सानो वितरण कार्यक्रम गरेको रहेछ। हामी सबै बेपत्ताको शव खोज्न व्यस्त भैयो। रकम छाडेर उहाँहरु फर्किसक्नु भएको रहेछ। हामीलाई परिवार गुमाएका ११ घरधुरीलाई रु २० हजारका दरले बाँड्नु भनेंर राखेकोले जम्मा रु.२,२०,०००/- (दुई लाख बीस हजार) र घर क्षति भएका १८ घरधुरीलाई ७,५००/- का दरले रु. १,३५,०००/- (एक लाख पैतिस हजार) गरि जम्मा रु.३,५५,०००/- (तीन लाख पचपन्न हजार) बाँडेको बताउनुभयो। त्यो बाहेक १ लाख ५० हजारको चेक भएकोले खाता मै जम्मा गर्ने भनेंर उपप्रमुखले नै लगेको पनि बताउँछन्।
अझ उपप्रमुखले दिउँसो घोषणा गरेको ५,६२,५००/- मा समेत १० हजार भुलबश बढी भनेंकोले कटाएको जानकारी गराएको उहाँले जन्मभूमि पोष्टलाई जानकारी गराए।

लिदिबासी भन्छन् “देश बिदेशबाट हाम्रा दाजुभाइ दिदिबहिनिहरुले रगत पसिना गरेर राहत त पठाउनुभएको छ तर हामीलाई स्पष्ट प्रमाणित हिसाब देखाउने ले नै देखाए जस्तो लाग्दैन, कतै हामी जुरो पिडित भन्दा पनि गैरगुज्रने पो हो कि ?

यी कुराहरु हेर्दा उपप्रमुखले छर्लङ्गै २० हजार रुपैयाँ कमिसन कट्टा गरेको देखिन्छ। अर्को कुरा कस्ता पिडितलाई कतिका दरले राहत बाँडियो? यसको प्रमाण के छ? यहाँ सबैलाई रनभुल्लमा पारेर पिडितको नाममा कतै कमाउने धन्दा त भैरहेको छैन भनेंर स्थानीय चिन्तित छन्। र लिदिबासी भन्छन् “देश बिदेशबाट हाम्रा दाजुभाइ दिदिबहिनिहरुले रगत पसिना गरेर राहत त पठाउनुभएको छ तर हामीलाई स्पष्ट प्रमाणित हिसाब देखाउने ले नै देखाए जस्तो लाग्दैन, कतै हामी जुरो पिडित भन्दा पनि गैरगुज्रने पो हो कि ?

यहि रकममा मात्रै यस्तो हो या अरु आएको रकममा पनि यस्तै गर्यो? त्यसको लेखाजोखा कसले र कसरी गर्ने? लेखाजोखा गर्नेले नै यस्तो गरेपछी पिडित सम्म पठाईएको राहत सहिसलामत पुग्छ भन्ने कसले विश्वास गर्ने? पीडितहरु झनै पिडित हुने देखिन्छ र दाताहरुमा झन् शंका पैदा हुने देखिन्छ। यत्ती धेरै धनजनको क्षति भएको दुखित अनि पिडितको नाममा आएको रकम नै उपाध्यक्ष जस्तो व्यक्तिले नै गायव पार्नु जनप्रतिनिधिको लज्जास्पद कुरा हो। अब यस्तै जनप्रतिनिधिबाट हामीले कस्तो आशा गर्ने होला? अब लिदि पहिरो पिडितले र दाताहरुले कसलाई विश्वास गर्ने होला? यसको जवाफ पाउन गाह्रो छ।

उपप्रमुख तामाङ जुगल ३ बोल्देवासी र पाङ्गर्पुवासी स्थानीयहरुको बलेफी हाइड्रोपावर ए ले मिचेको जग्गाको मुआब्जा पाउनुपर्नेमा  समेत उनि बिचौलिया बनेर कमिसन खाई पाउनुपर्ने रकममा कटौती गरेर मात्र दिएको स्थानीयहरुको चर्को गुनासो समेत छ।

लिदि घटनामा यति ठूलो मानवीय क्षति हुनुमा स्थानीय सरकारको गैरजिम्मेवारी रहेको स्थानीय बताउँछन्। स्थानीयहरुले पटकपटक सम्बन्धित निकायमा लिखित जानकारी गराउँदा समेत कुनै चासो नदिएका कारण यो घटना हुन पुगेको चर्को गुनासो छ। जिल्ला प्रशासनबाट लिदिबासिको लागि पठाईएको सुरक्षा सामाग्री समेत गाउँ पालिका प्रमुखले अन्तै पठाईएको थियो।

त्यस्तै गाउँ कै मुनि बन्दै गरेको हाइड्रोपावरको सुरुङ खन्ने क्रममा ब्लास्टिङ गर्ने गरेको र जनप्रतिनिधिहरुको कमाउने थलो बनाएपछी हाईड्रोले एकलौटी पेलेर स्थानीयहरुको गुनासो नसुन्ने, पीडितहरुको मुआब्जा दिन हाइड्रोले इन्कार गर्ने, दिएपनी ठूलो दबाबका साथ जनप्रतिनिधि नै बिचौलिया बनेर कमिसन खाई पाउनुपर्ने जत्ती रकम नपाउने भएपछी नाम्फा, साबो नाम्फा, बैगङटोल, संचगाउँका स्थानीय चिन्तित छन्। उनिहरु लिदिकै जस्तो दुर्दशा कुन दिन भोग्नु नपर्ला भन्न सकिन्न।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार