![](https://www.janmabhumipost.com/wp-content/uploads/2020/08/FB_IMG_1597401626831.jpg)
सिन्धुपाल्चोक, जुगल २
सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. २ लिदिमा आज बिहान ६:३० बजे तिर आएको भीषण पहिरोमा परि बेपत्ता मध्ये ५ को शव फेला पारेका छन् । सोह स्थानमा पहिरो गई केही घरहरु पुरिएको, ३७ वटा घरहरु पूर्ण रुपमा क्षति भएको वडा अध्यक्ष प्रताप लामाले जानकारी दिएका छन् ।
३८ जना वेपत्ता मध्ये ५ जनाको लाश फेला परेकोमा तिनिहरुको सनाखत हुन बाँकी रहेको तथा हालसम्म ४ घाइतेलाई चौतारा र १ जना घाइतेलाई उपचारका लागि काठमाडौं पुर्याईएको छ ।
स्थानीयको पटकपटकको आग्रहलाई वेवास्ता गर्दा ठूलो दुर्घटना
१ हप्ता अघि मात्र जन्मभूमि पोष्टले लिदिमै पुगेर गरेको स्थलगत रिपोर्टिङमा स्थानियहरुले लिदिका १७२ धुरी पहिरोको उच्च जोखिममा रहेको बताएका थिए । बस्तीकै माथीबाट जमिन चर्केको स्थानहरु देखाउँदै स्थानीय निमाछिरिङ दोङले हामी जुनसुकै समयमा पहिरोले पुरिन सक्छ । हाम्रो पीडा, व्यथा बुझिदिने कोहि छैन भनेर जन्मभूमि पोष्टलाई बताएका थिए ।
त्यहाँका स्थानीयहरुले आफुहरुको वस्ती जोखिममा पर्नुको कारण वस्ती मुनि बन्दै गरेको ३६ मेघावाटको हाईड्रो रहेको बताउँदै आएको छ । उनिहरुले हाईड्रोले बनाईरहेको सुरुङ वस्तिको ठिक मुनि पर्ने र सुरुङ निर्माणको क्रममा बम ब्लास्ट गर्दा भुकम्प आएको जस्तै हुने गरेको सम्झिन्छन् । मुटु नै हल्लिने गरि ब्लास्ट हुन्थ्यो, हामीले कति पल्ट बस्ती व्यवस्थापनको लागि आग्रह गरे तर हाम्रो कुरा सुनिदिने कोहि छैन । न त हाईड्रोले सुने, न त सरकारले भन्दै गुनासो पोखाएका थिए स्थानीय रेशम दोङले । यस्तो छ भिडियो रिपोर्टिङ;