जुगल लिदिमा २१ घर पहिरोमा विलीन । १८ बेपत्ता, ३० मृत्यु १३ घाइते

राती राती गोठमा बास बसेपनी बिहान उठेर घरमा आउँदा पहिरोमा परेको प्रारम्भिक अनुमान गरिएको छ ।

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, जुगल
गएको असार २५ र २६ गतेको भिषण वर्षातका कारण लिदिबासीको वास उडाएको थियो। वर्षातले पहिरोको रुप लिएपछि सिन्धुपाल्चोक जुगल वडा नं. २ लिदिका १७२ मध्य अधिकांश घरहरु जोखिममा थिए । जोखिम बस्ती केहिले छोडेर पाखा तिर गोठ बनाएर बसेका थिए भनें केही अब पहिरो नआउने अनुमानमा घर मै बसेका थिए । यस्तैमा आज राती आएको भीषण वर्षातका कारण बिहानकाे ६ बजे पछि पहिराे खसेको छ ।

पहिरोका कारण करिब २३ घर पुरिएको वडा अध्यक्ष प्रताल लामाले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो।
उहाँबाट प्राप्त जानकारी अनुसार गोठमा सुतेर बिहान घर आउनेहरु धेरै परेको हो। त्यस्तै एकै घरका ७ जना सम्म परेको जानकारी आएको छ।

अहिले सम्ममा १८ बेपत्ता, ३० जना मृत्यु र १३ गम्भीर घाइते भएको स्थानीय कान्छा तामाङले बताउनुभयो। घटना स्थल दुर्गममा पर्ने भएकोले उद्धारका लागि सुरक्षाकर्मी पुग्न समेत समय लाग्ने भएकोले अहिले स्थानीयहरुले नै घाइते, मृतक अनि बेपत्ताको खोजी गरिरहेको बताए । त्यस्तै घाइतेको उद्धारका लागि हेलिकप्टर पनि केही बेरमा आउने जानकारी प्राप्त भएको तामाङले बताए ।

थप उद्धारका लागि प्रहरी घटना स्थल तर्फ जाँदै गरेको जिल्ला प्रहरिका प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभएको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार