कपनमा कार्टुन भित्र भेटिएको शिशु पैसा कमाउन कै लागि गरिएको घिन लाग्दो नाटक (भिडियो सहित)

बालगृह संचालक अधिकारी र शिशुको आमा प्रहरीको नियन्त्रणमा, अनुसन्धान गर्दै ।

  जन्मभूमि संवाददाता

काठमाडौं
गएको १२ गते कपन स्थित चौरमा कार्टुन भित्र भेटिएको शिशु पैसाको लागि नाटक रचेर फालिएको तथ्य बाहिरीएको छ । इमेज खबरका लागि गृष्मा राजभण्डारी र राममान डंगोल ले गरिएको खोजमुलक रिपोर्टिङबाट उक्त तथ्य फेला पारेको हो ।

सो शिशु नेपाल सरकारले बिदेशबाट उद्धार गरिएको कुनै महिलाले जन्मेको समेत खुलेको हो । यसरी फाल्ने र भेटेपछि बालगृहका संचालक पुष्पा अधिकारीले जिम्मा लिने अगाडी नै योजना बनिसकेको थियो । त्यस्तै शिशु भेटेको अग्रिम खबर प्रहरीलाई नगरी मिडियालाई गरेको थियो । यसरी लगत फाईदा उठाउनका लागि शिशुको आमा र बालगृह संचालकको मिलेमतो देखिएको छ ।

यो घिनलाग्दो घटना बाहिरा आएपछि महिलालाई र बालगृहका सन्चालक पुष्पा अधिकारीलाई अनुसन्धानका लागि महानगरिय प्रहरी बौद्धमा राखिएको छ । यसरी एक अबोध शिशुलाई यस्तो सम्म गरेर किन नाटक गरियो भन्ने कारण भनें खुल्न सकेको छैन । भिडियो श्रोत ईमेज खबर ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार