भारतीय गृहमन्त्रीलाई कोरोना

आफ्नो सम्पर्कमा आएका सबैलाई आईसोलेट भै टेस्ट गर्न अनुरोध गरेका छन् ।

  जन्मभूमि संवाददाता

नयाँदिल्ली, एजेन्सी
भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना भएको प्रमाणित भएको छ । उहाँले आफ्नो ट्विटरमा ट्विट गर्दै यसको जानकारी दिएका हुन् ।

उहाँले ट्विट मार्फत कोरोनाको सुरुवाती लक्षणमै टेस्ट गर्दा पोजिटिभ आएको उल्लेख गरेका छन् । उहाँको अवस्था ठिक रहेको र डाक्टरको सल्लाह अनुसार अस्पताल भर्ना भएकोले उहाँ संग भेटेका सबैजनालाई आईसोलेट भै परिक्षण गर्न अनुरोध गरेका छन् ।

कोरोना भाइरसको उच्च जोखिमको क्षेत्रको रुपमा भारतलाई लिईएको थियो । जहाँको जनसंख्या हेर्दा भयभह अवस्था आउन सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले समेत दिसकेका थिए । भारतिय स्वास्थ्य मन्त्रालयले बताए अनुसार अहिले सम्ममा १७ लाख ५० हजार ७२४ जनामा कोरोना संक्रमण देखिएको छ भने ३७ हजार ३ सय ६४ जनाको  मृत्यु भैसकेको छ । अहिलेसम्म ११ लाख ४५ हजार संक्रमित निको भएका छन् भने ५ लाख ६७ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

हाल भारतमा दैनिक ५० हजारभन्दा बढी मानिसमा कोरोनाको संक्रमण भैरहेको र पछिल्लो २४ घन्टामा मात्रै भारतभर ५४ हजार ७ सय ३६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ५३ जनाको मृत्यु भएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार