एसिड हान्नेले प्रहरीलाई बयान “मैले त मालिकको आदेश मानेर एसिड हान्न गएको हुँ”

कवाडी सन्चालक मोहम्मद आलमको आदेशमा उनकै कामदार मुन्ना आलमले युवती माथी एसिड प्रहार गरेको प्रहरी बताउँछन् ।

  जन्मभूमि संवाददाता

काठमाडौं
डल्लुमा कवाडी चलाउँदै आएका रौतहट लक्ष्मिपुरका मोहम्मद आलम संगै कामदारको रुपमा काम गर्थे मुन्ना मोहम्मद । उनै कामदार मुन्नालाई प्रयोग गरि युवती माथी बिहिबार एसिड प्रहार भएको थियो । घटना घट्न साथ प्रहरीले ३ घण्टा भित्रै मोहम्मद र मुन्नालाई पक्राउ गर्न सफल भएको थियो । प्रहरीले युवतीको मोबाईलमा आएको मिसकल र बाफलचोकको सिसिक्यामेरा फुटेजबाट अभियुक्त सम्म पुग्न सफल भएको हो । युवतीको मोबाइलमा मोहम्मदको नम्बरबाट ३७ पटक मिसकल आएको प्रहरीले जानकारी दिएका छन् ।

यसरी एसिड आक्रमण हुनुअघीको कल डिटेलका आधारमा उनै मुख्य योजनाकार आलम र उनको कामदार मुन्नालाई प्रहरीले पक्राउ गरिए । हातका नाडीमा एसिडले पोलेको घाउ बोकेका मुन्नाले “मैले त मालिकको आदेश मानेर एसिड हान्न गएको हुँ, मलाई नै एसिड लाग्यो, सारै पोलेको छ’ भनेंर प्रहरीको प्रारम्भिक बयानमा भनेंको प्रहरी श्रोतले जानकारी दिएका छन् । त्यस्तै योजनाकार अर्थात अह्राउने मोहम्मद आलमले युवतीलाई आफुले मन पराउने गरेको तर आफुलाई वास्तै नगरेर रुपको घमण्ड गरेकोले यस्तो गरेको बताएका छन् । उनले आफुले युवतीलाई अति मन पराए पनि युवतीले भनें अर्कैलाई मन पराएकोले एसिड हान्न लगाएको खुलेको हो । उता युवतीले भनें मोहम्मदलाई दाई समान मान्ने भएकोले मन पराउने नपराउने भन्ने नै नभएको बुझिएको छ । पक्राउ गरिएका दुवैजना माथी प्रहरीले मुद्दा चलाउने तयारी गरिरहेका छन् ।

एसिड आक्रमणमा परेकी युवती ओखलढुंगाकि हुन् । उनी र मोहम्मद आलम बिच पुरानै चिनजान भएको प्रहरीको प्रारम्भिक बयानबाट खुलेको छ । युवतीको गाला र निधारमा एसिड लागेको छ । उनलाई किर्तिपुरको बर्न अस्पतालमा उपचार गरिरहेका छन् । यसभन्दा अघि पनि युवतीहरु माथी पटकपटक असिड आक्रमण भैरहेको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार