सतर्क रहौँ ! भोटेकोसी नदि छेउ बसोबास गर्नेहरु सबैमा महत्वपूर्ण सुचना जारी

  सुरेन तामाङ छ्युमी

सिन्धुपाल्चोक
जिल्ला प्रशासन सिन्धुपाल्चोकले भोटेकोसी नदि किनारमा बसोबास गर्नेहरुको लागि उच्च सतर्कता अपनाउन आग्रह गर्दै भर्खरै सुचना जारी गरिएको छ ।
निरन्तर बर्षाकाे कारण खासमा रहेकाे केरुङ च्छाे भन्ने ताल फुटने जाेखिम बढेपछि चिनको खासा क्षेत्रका सबै स्थानीयलाई चिनियाँ सरकारले सुरक्षीत स्थानमा स्थानान्तरण गरिसकेको छ । सो ताल फुटेमा भाेटेकाेसी नदिमा ठुलो बाढी आउने सम्भावना रहेकोले नेपाल तर्फको तातोपानी क्षेत्र देखि बाह्रबविसे, खाडिचौर, बलेफी, काभ्रे दोलालघाट, नेपालथोक लगाएतका सबै भोटेकोसी नदि तटिय क्षेत्रमा बासिन्दा लाई सुरक्षीत स्थानतर्फ जान जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ले सुचना जारी गर्दै अनुरोध गरेको छ । अहिले सो क्षेत्रमा प्रहरीले माइकिङ समेत गरिरहेको छ ।

यो सुचना सम्बन्धित सम्पुर्ण स्थानीय जनता, स्थानीय तह लगायत जिल्ला विपद व्यवस्थापन समितिलाई समेत आग्रह गरिएको छ । सुरक्षित रहौँ । सुचनाको ख्याल गरौं । ठूलो जनधनको क्षतिबाट बचौँ । जय जन्मभूमि ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार