ठेकेदारले गाउँ पालिका प्रमुखको घाँटीमा खुकुरी हाने

  जन्मभूमि संवाददाता

मोरङ
मोरङ केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि खुकुरी प्रहार भएको छ । अध्यक्ष कार्कीलाई भवन मल्ल ठकुरी नाम गरेका ठेकेदारले खुकुरी प्रहार गरेको जानकारीमा आएको छ । ठेक्का आफ्नो नाममा नपाएको निहुँमा यसरी अध्यक्ष माथी खुकुरी प्रहार भएको गाउँ पालिका श्रोतले बताए ।

गाउँपालिकाका उपाध्यक्षको कार्यकक्षमा छलफल चलिरहँदा नै अध्यक्ष कार्कीकाे घाँटीमा खुकुरी प्रहार गरेका हुन् । अध्यक्षमाथि ती युवकले एक्कासी खुकुरी प्रहार गरेको गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत पुण्यप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष कार्की र ठकुरीबीच कुनै विवाद थिएन् ।
ठेकेदार ठकुरीको खुकुरी प्रहारबाट घाइते हुनुभएका अध्यक्ष कार्कीलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर पुर्याएको समाचार प्राप्त भएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार