विस्थापितलाई स्थापित गराउन सक्रिय हुँदै राष्ट्रिय युवा संघ

त्रीपाल, ओड्ने ओछ्याउने र खाद्यान्न थाप्लोमा बोकेरै पुगे राष्ट्रिय युवा संघ बाढी प्रभावित क्षेत्रमा

सिन्धुपाल्चोक
गत २५ गते राती परेको भीषण वर्षात् का कारण सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ५ को जम्बु बजार तहसनहस भयो । जहाँ धेरै धनजनको क्षति समेत भए । उक्त बाढी र पहिरोमा १८ जना बेपत्ताको अझै खोजिकार्य लगातार जारी छ । उक्त घटना खबर पाउन साथ सामाजिक अभियन्ता, विभिन्न दलका नेताकार्यकर्ता र भातृसंगठनका युवाहरु स्वत स्फुर्त रुपमा सहयोगमा जुटिरहेको देखिरहेका छन् । यसै क्रममा सिन्धुपाल्चोक राष्ट्रिय युवा संघका युवाहरु पनि अगाडी देखिए । संघका वरिष्ठ नेता किरण पौडेलको नेतृत्वमा रमेश आचार्य, क्षितीज थेवे, असोक चौलागाई, रामजी सापकोटा, महेश चौलागाई, नानीराम तिवारी, सुरेन बिक्रम योन्जन, लगायतका संघका नेता तथा कार्यकर्ताहरु सहितको टोलीले पिडित परिवारलाई राहत वितरण गरेको छ ।

घटनाको रातीदेखि नै घटना स्थलको जानकारी लिने र उद्धारको लागि अहोरात्र खटिरहेको राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक क्षेत्र नं. १ का ईन्चार्ज सुरेन बिक्रम योन्जन बताउनुहुन्छ । घटना कै भोलिपल्ट सम्म घटना स्थल जान सक्ने स्थिती समेत थिएन । लगातार परिरहेको झरीका कारण कति बेपत्ता भए ? कहाँ के भयो भनेंर त्यहीँ गएर हेर्न वा बुझ्न सक्ने अवस्था थिएन । भोटेकोसी घट्ने भन्दा झनझन बढिरहेको थियो । नदि किनारका सबैको भागाभाग भैरहेकोले कसको, कहाँ र कसरी उद्धार गर्ने भनेंर सबै अलमल नहुने कुरै भएन । तर पनि अति पिडितहरुलाई सकेको ठाउँमा सबै मिलेर व्यवस्थापन गरेको जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो ।

हुनपनी हो, बाढिका कारण जुरोमै बाटोको नामनिशान मेटिसकेको थियो । जहाँबाट बाह्रबिसे सम्म पुग्ने सडक धेरै ठाउँमा पहिरोले अवरुद्ध थिए । जसकारण घाइतेहरुलाई एम्बुलेन्स मार्फत अस्पताल लान सक्ने स्थिति थिएन । यस्तैमा नेकपा र नेपाली काँग्रेसका नेताहरु हेलिकप्टर लिएर घाइते लिन पुगे र उद्धार पनि गरियो । र अब रह्यो पिडितहरुलाई राहत कसरी जुटाउने र पुर्याउने भनेंर । जसको लागि राष्ट्रिय युवा संघ नेपालको संयुक्त पहलमा बाह्रबिसे नगरपालिकाको दैवी प्रकोप
ब्यबस्थापन कोषमा रु २ लाख सहयोग जुटाएर मेयर निमफुन्जो शेर्पालाई हस्तान्तरण गरे । साथै विस्थापितहरु बसिरहेकै स्थलमा ओड्नेओछ्याउने, लत्ताकपडा, त्रीपाल, टेन्ट र खाद्यान्न समेत थाप्लो मै बोकेरै पुगिरहेका छन । जुन काममा नगर उपमेयर शुसिला पाख्रीन समेत हतेमालो गर्दै अहोरात्र खटिरहनुभएको देखिन्छ ।

घटना घटेको हप्ता दिन पुग्न लागिसकेको छ । बेपत्ताको खोजी कार्य र विस्थापितहरुलाई राहत पुर्याउने काम भैरहेको उपमेयर पाख्रीनले जानकारी दिनुभयो । त्यस्तै विस्थापितहरुलाई वस्ती व्यवस्थापनको लागि नगरले काम थालिसकेको समेत बताउनुहुन्छ । उहाँका अनुसार बाहिर आईरहेको गलत प्रचारको पछि नलागेर आफू हिजो र आज, दिनरात केही नभनी आफ्नो नगरको जनताको घाउमा मलम लगाउन निरन्तर खटिरहेको बताउनुहुन्छ । यहाँ कसले के गरे ? किन गरे ? वा किन गरिएन भन्नू भन्दा अब कसरी विस्थापितहरुलाई स्थापित गराउने र बेपत्ता आफन्तहरुको छिटोभन्दा छिटो खोज्ने भन्नेमा आफ्नो ध्यान केन्द्रीत रहेकोले दुखको घडीमा कसैलाई बिरोध गर्नुभन्दा सकेको सहयोगको लागि जुट्न उहाँको अनुरोध रहेको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार