म्याग्दी पहिरो – बेपत्ता संख्या ३२ पुग्यो

  जन्मभूमि संवाददाता

काठमाडौं
हिजो राती देखि परेको अविरल वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका, मालिका र मंगला गरि ३२ जना बेपत्ता भएको खबर प्राप्र भएको छ । आज बिहीबार बिहानै ७ जना बेपत्ता भएको समाचार आएको थियो । यो संख्या बढेर ३२ पुगेको म्याग्दी प्रहरीले जानकारी दिएकाे छ ।

धाैलागिरिकै ताकममा २ जनाकाे ज्यान गइसकेकाे खबर त्यहाँका जनप्रतिनिधिले जानकारी दिए । डिएसपी कुँवरका अनुसार मालिका गाउँपालिकामा पनि ८ जना हराइरहेकाे खबर आएकाे र मंगला गाउँपालिकामा समेत गरी ३२ जना हराइरहेकाे खबर आएकाे बताउनुभयो ।

ठाउँ-ठाउँमा पहिराे खसेर बाटाे छेकेका कारण उद्दारमा समस्या आएको छ । बाग्लुङ हुँदै गएका नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना बाटो छोचोल्न नसक्दा बिचमै रोकिएको समचार प्राप्त भएको छ । उद्धारका लागि गएका एक टोलि दरबाङ र सिमचाैर भन्ने ठाउँमा रोकिएको कुँवरले जानकारी दिनुभएको छ । पहिरोबाट कति जनधनको क्षति भयो भन्ने एकिन तथ्यांक प्राप्त भएको छैन ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार