पहिरोमा परि पोखरामा ४ को मृत्यु, म्याग्दीमा ७ बेपत्ता

  जन्मभूमि संवाददाता

पोखरा
त्यस्तै अविरल वर्षाका कारण पोखरामा आज राति अन्दाजी २:४५ बजेको समयमा पोखरा महानगरपालिका -१८ सराङकोट गोठादीमा माथिबाट खसेको पहिरोले घर पुरिएको छ । जसबाट ३ को मृत्यु भएको छ । पहिरोले टंक बहादुर थापाको घर पुरेका हुन् । साथै पोखरा –२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोले पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उहाँका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको खबर प्राप्त भएको छ ।

म्याग्दी
हिजो राती देखि परेको अविरल वर्षातका कारण सबैभन्दा ठूलो घटना सिन्धुपाल्चोक बाह्रबिसेमा १९ भन्दा बढि बेपत्ता भए भनें २ को मृत्यु भएको समचार सेलाउन नपाउँदै म्याग्दी र पोखरामा पनि आज राती त्यस्तै दु:खद घटना घटेका छन् । भीषण वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं. ६ मराङको रिखामा बिहीबार बिहानै ७ जना बेपत्ता भएको समाचार प्राप्त भएको छ। घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले २ परिवारका ७ जना बेपत्ता भएको मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो हो । पहिरोले पुरेका भीमप्रसाद जुग्जालीको घरमा चार र धन बहादुरको घरमा ३ रहेको अध्यक्ष सुवेदिले सन्चार माध्यमलाई जानकारी गराउनुभएको हो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार