भत्किएको घर र चर्किएको मन सिन्धुवासीले कतिन्जेल सम्हाल्ने होला ?

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
विश्व कै ठूलो पहिरो जुरे त्यसपछि महाभुकम्पले पनि सिन्धुवासीलाई सयौं वर्ष सम्म बिर्सनै नसक्ने चोट पुर्याएर गए । यो सबको भोगाईबाट बिस्तारै तङ्गृदै आएको  सिन्धुवासीको जीवन भोगाई र सम्हादै आएको मन फेरि चर्किएको छ । खै अब कसरी र कहिले पो छोड्ला यो जिल्लालाई बज्रपातले ? अहिले पुनः भोटेकोसी खोलाले खोला किनारका घरहरु बगाए, अहिले विश्व नै आक्रान्त पारिरहेको कोभिड १९ को बेलामा अर्को बज्रपात आइपरेको छ गएराती परेको भीषण बर्षातका कारण ।  सो बाढी र पहिरोमा परि बाह्रबिसे नगरपालिका जम्बुका १६ र भोटेकोसी गाउँ पालिकाका ४ गरि २० जना बेपत्ता छन् । २ जनाको शव फेला पारे भने १५ घर पुर्ण रुपमा क्षति भएको छ । बेपत्ताको खोजिकार्य तिब्र पारिएको छ ।
बेपत्ता हुनेहरुमा बाह्रबिसेका भिमबहादुर वाईवा, चिनीमायाँ वाईवा, लिलामायाँ वाईवा, पासाङडोल्मा वाईवा, निमाडोल्मा वाईवा, लक्ष्मण वाईवा, सुनमायाँ वाईवा, जनक बहादुर वाईवा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्त कुमार तामाङ, सुवेश तामाङ र सलिना तामाङ रहेका छन् ।

त्यस्तै बेपत्ता मै भोटेकोसी गाउँपालिकाका निमादोर्जे तामा, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ छन् । मृत्यु हुनेमा निकेश बस्नेत र उनकी ३ बर्षिया छोरी नियोन बस्नेतको छन ।

साथै घाईतेहरुलाई काँग्रेसका नेता मोहन बहादुर बस्नेत र नेकपाका नेता सुबोध सापकोटा लगायतको पहलमा पुगेका ३ हेलिकप्टरले उद्धार गरेर काठमाडौं ह्याम्स हस्पिटल पुर्याईएको छ । उनिहरुको थप उपचार भैरहेको जानकारी आएको छ । मौसम घटबढी भएको कारण उद्धारमा ठूलो समस्या आएको थियो । बाढिका कारण जुरे सम्मका सडक बगाएकोले एम्बुलेन्स जान सक्ने अवस्था समेत थिएन । त्यसैले पनि समयमा घाइतेहरुको उद्धार हुन सकेको थिएन ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार