बाह्रबिसे जम्बु घटनामा घाइतेको उद्धार अझै भएन, स्थानीय आक्रोशित

घाइते अझै सडकमा सुताएर राखेको छ । न त एम्बुलेन्स आयो न त हेलिकप्टर नै ?

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
बाह्रबिसे नगर पालिका ५ जम्बु मा आज राती आएको भीषण पहिरो र बाढिका कारण ठूलो धनजनको क्षति भएको छ । अहिले सम्मको खबर अनुसार ९ बेपत्ता छन भनें २ जनाको शव फेला पारेको बताईएको छ । जहाँ दुइ जना गम्भीर घाइते समेत छन् । स्थानीय बासिन्दा ले उद्धार गरेका दुई घाइते उपचार को लागी अस्पताल सम्म पुर्याउन भनें सकिरहेको छैन । अहिले सम्म सम्बन्धित निकायले समेत चासो नदिएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

“स्थानीयहरुले सम्बन्धित निकायहरु संग संग हेलिकप्टर को माग गरेको थुप्रै समय भैसक्यो तर विभिन्न बहाना मा किन यत्रो समय सम्म पनि सरोकार वाला निकाय ले किन वास्था गरिएन ??” भन्दै उनिहरु आक्रोश पोखिरहेका छन् । स्थानीयले ज्वाला श्रेष्ठको फेसबुक वालमा त्यहाँ भएका घटनाको भिडियो सहित “जम्बु मा भएको आजको दु:खद घटनामा परेको घाइते को उद्दार छिटो भन्दा छिटो गर्न जरुरी छ । यदि सरोकार वाला निकाय को कारण अस्पताल पुर्याउदा बच्न सक्ने बिरामी लाई सरोकार वाला निकाय को लापरबाही को कारण यो अहिले को बिरामी लाई केहि नराम्रो भएमा नेता अनि जनप्रतिनिधि हरुको अवस्था पनि नराम्रो हुन सक्छ चेतना भय !!” भनेर लेखेका छन् ।

जम्बु घटनाको घाइते र पीडितको उद्धार छिटोभन्दा छिटो हुन जरुरी छ । सम्बन्धित निकायले यसतर्फ ध्यान दिन जरुरी छ ।

बाह्रबिसे जम्बु बजारको हालत यस्तो भयो । धेरै जनधनको क्षति समेत भएको छ । घाइतेहरुलाई अहिले सम्म अस्पताल नलगिएको भन्दै स्थानीय आक्रोशित भएका छन् । सम्बन्धित निकायको ध्यान जाओस् ।

Posted by Janmabhumi POST । जन्मभूमि पोष्ट on Wednesday, 8 July 2020

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार