मेलम्ची खानेपानीले स्थानीय सरकारलाई बेवास्ता, जनप्रतिनिधिहरु रुष्ट

राष्ट्रिय गौरवको आयोजनाको विधिवत उद्घाटन हुँदा जिम्मेवार स्थानीय सरकारहरुलाई थाहा नदिनु दु:खद

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
मेलम्ची खानेपानी सुरुङमा पठाएको जिल्लाका जनप्रतिनिधिहरुलाई नै थाहा नदिएको बुझ्न आएको छ । आइतबार खानेपानी मन्त्री बिना मगर, खानेपानी आयोजनाका हाकिमहरु, प्राविधिकहरु खानेपानीको मुलमा पुगेको थियो । जहाँ पुगेर केही सन्चार माध्यमहरुलाई मात्र बोलाएर पानी सुरुङमा पठाएको समचारहरु आज सार्वजनिक भएको थियो । जुन समाचारहरु पढेर सिन्धुपाल्चोकका जनप्रतिनिधिहरु तिनछक परे । खानेपानी आयोजना र मन्त्रालयको यो कार्यप्रती जनप्रतिनिधिहरु रुष्ट बनेका छन् ।

जिल्ला समन्वय समितीका सभापति, मेलम्ची नगरपालिका, पाँचपोखरी गाउँ पालिका र हेलम्बु गाउँ पालिकाका जनप्रतिनिधिहरुलाई थाहै नदिएको जानकारी आएको छ । जसले गर्दा यी तहका जनप्रतिनिधिहरु संयुक्त बैठक आह्वान गरेको विभिन्न श्रोत मार्फत बुझिएको छ ।

यसै सन्दर्भमा खानेपानीको मुल रहेको हेलम्बु गाउँ पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले प्रेस बिज्ञप्ती मार्फत आफ्नै क्षेत्र भित्र रहेको पानीको मुलबाट विधिवत रुपमा खानेपानी सुरुङमा हालेको महत्वपूर्ण कुरा सन्चार माध्यमबाट मात्र स्थानीयले थाहा पाउनुले जिम्मेवार स्थानीय सरकार संगको समन्वय र सहकार्य खानेपानी मन्त्रालयले कसरी गरिरहेको छ भन्ने घाम जस्तै छर्लङ्ग भएको बताईएको छ ।

बिज्ञप्तिमा यसरी सम्बन्धित निकायहरुले बिगत र हाल गरिएको गैरजिम्मेवार पुर्ण कार्यहरुबाट नेपालको संविधान धारा २३२ ले सुनिश्चित गरेको तीन तहको सरकार बिचको सम्बन्ध सहकारिता, सहअस्तित्वको सिद्धान्तको बिपरित भएको उल्लेख छ । साथै स्थानीय सरकारको महत्वपूर्ण भुमिका रहने राष्ट्रिय गौरवको आयोजनामा स्थानीय सरकार र स्थानीयलाई निरन्तर संलग्न नगराउने कार्यप्रती घोर आपत्ति जनाईएको छ । यदि यस्तै अनुचित र गैरजिम्मेवार पुर्ण कार्य हुँदै गएमा सहयोगको लागि स्थानीय सरकार र स्थानीय असहज वातावरण शृजना गर्न बाध्य हुने र यसको सम्पुर्ण जिम्मेवारी सम्बन्धीत निकायले लिनुपर्ने बिज्ञप्तिमा उल्लेखित छ । बिज्ञप्ती ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार