डम्फु बजाउँदै सलह लखेट्नुस् र संकलन गरि ल्याए केजिको रु. १०० दिनेछु – जुगल अध्यक्ष

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, जुगल
गत शनिबार भारतबाट तराईका जिल्ला हुँदै नेपाल छिरेका सलह मध्य पहाडी जिल्लाहरु देखि हिमाली जिल्लामा समेत पुगिसकेको छ । हिजो करिब ३:३० बजे चौतारा आसपासबाट सलहको हुल उड्दै जुगलको उत्तरी वडा ३ का बोल्दे, पाङ्तान, गुम्बा लगायतका गाउँहरुमा पुगेर बाली क्षति गर्न थालेको स्थानीय युवाहरुले जन्मभूमि पोष्टलाई फोन मार्फत जानकारी दिनुभएको हो ।

यसै सन्दर्भमा जुगल गाउँ पालिका अध्यक्ष होम नारायण श्रेष्ठले फेसबुकमा एउटा भिडियो सार्वजनिक गर्दै स्थानीय स्तरमा उपलब्ध हुने डम्फु, झ्याली, कर्नल, थाल, टेम्पो, धमहा, ड्याङ्ग्रो ठटाएर लखेट्न समेत सुझाव दिएका छन् । त्यस्तै श्रेष्ठले सलह संकलन गरेर घरपालुवा हाँस, कुखुरालाई समेत खुवाउन भन्नू भएको छ । साथै संकलन गरि गाउँ पालिका ल्याए केजिको रु. १०० समेत उपलब्ध गराउने बताउनुभएको छ ।

यश भन्दा केहि महिना अघि मात्रै पनि यी स्थानहरुमा अमेरिकन फौजी किराको आक्रमणबाट आलु लगायत हुर्कँदै गरेको मकै सबै खाईदिएका थिए ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार