मलाई हटाउन खुला दौड धुप भैरहेको छ – प्रम ओलि

नक्सा छाप्नु अपराध भयो भन्यो ।

  जन्मभूमि संवाददाता

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन खुला रुपमा दौड धुपमा लागेको बताउनु भएको छ । तर यस्तो खेल सुरु भए पनि त्यो सम्भव नभएको बताएका छन् ।

मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसर पारेर आइतबार भएको कार्यक्रममा प्रधानमन्त्रीले आफूलाई हटाउन होटलमा गतिविधि भएका र दूतावास सक्रिय भएको दाबी गरेका हुन् । केही दिन अघि भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नक्सा छापेको निहुँ पारेर आफूविरुद्ध षड्यन्त्र भएको प्रधानमन्त्रीले दाबी गरेका छन् । उनले आजका लागि मात्र नभई भोलिका लागि पनि आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्ने बताए ।

उहाँले प्रश्न गर्दै भन्नुभयो “नक्सा छापेकोमा मलाई अपराध गरे सरह ठानेका छन्, के नक्सा छाप्नु अपराध हो ? यहि कुरालाई लिएर होटल देखि राजदुतावासमा सकृयता बढेको समेत उहाँले जिकिर गर्नुभयो । प्रधानमन्त्रीले नक्सा छापेबापत कसैले प्रधानमन्त्रीलाई हटाउँछु भनेर सोचेको भए पनि नेपालको राष्ट्रियता कमजोर नभएको बताए ।

प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन नभए पनि अहिले हटिँदिदा आगामी दिनमा नेपालको पक्षमा बोल्दा अर्को प्रधानमन्त्री हट्नुपर्ने अवस्था आउने बताए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार