जब दुबाईमा सिन्धुपाल्चोके मौलिक भाका खान्दोके गुञ्जियो !

युएई, बरदुवाई सिन्धुपाल्चोक तामाङ समाज युएईको समुद्घाटन एवम् खान्दोके सेलो बृहत सांगितिक कार्यक्रम सयौं दर्शकको माझमा भव्य रुपमा सम्पन्न भएको छ । ई.स २०२३ अगष्ट ०६ तारिखमा बरदुबाईको क्लब एभरेष्टमा दिनको १२ बजे बाट सुरु भएको कार्यक्रम तिन चरण गरि बेलुकि ९ बजे सम्म चलेको थियो। पहिलो चरणमा बौद्ध धर्मअनुरुप लामा गुरुबा...