जब दुबाईमा सिन्धुपाल्चोके मौलिक भाका खान्दोके गुञ्जियो !

  जन्मभूमि संवाददाता

युएई, बरदुवाई
सिन्धुपाल्चोक तामाङ समाज युएईको समुद्घाटन एवम् खान्दोके सेलो बृहत सांगितिक कार्यक्रम सयौं दर्शकको माझमा भव्य रुपमा सम्पन्न भएको छ ।

ई.स २०२३ अगष्ट ०६ तारिखमा बरदुबाईको क्लब एभरेष्टमा दिनको १२ बजे बाट सुरु भएको कार्यक्रम तिन चरण गरि बेलुकि ९ बजे सम्म चलेको थियो। पहिलो चरणमा बौद्ध धर्मअनुरुप लामा गुरुबाट साङ सेर्गेम दोस्रो चरणमा अतिथि सहित औपचारिक कार्यक्रम भएको थियो भने तेस्रो चरणमा पुर्ण रुपमा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम भएको थियो ।
सिन्धुपाल्चोक तामाङ समाज युएईका अध्यक्ष राजु तामाङ नगरकोटिको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपालि समाज युएईको अध्यक्ष बेदप्रसाद अर्याल हुनु हुन्थ्यो विशेष अतिथिमा भने तामाङ समाज युएईको संरक्षक राम मोक्तन , समाजसेवि एवम युवा व्यबसायि प्रबिन स्यङ्बो र नेपाल बाट आमन्त्रित कलाकार खान्दोके सेलो गितका सर्जक एवम गायक आस्मान लोप्चन र विभिन्न संघ संस्थाको प्रतिनिधि पत्रकार एवम बुद्धिजिविहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा तामाङ समाज युएई , त्रिशुलि समाज युएई सिन्धुपाल्चोक सेवा समाजको पनि संस्थागत उपस्थिति रहेको थियो ।
हलभरिनै कोचाकोच हुने गरि दर्शकको बाग्लो उपस्थिमा भएको कार्यक्रम खान्दोके सेलो विशेष रहेको बताउनुभयो । नेपाल बाट आमन्त्रित कार्यक्रमका विशेष आकर्षण गायक आस्मान लोप्चनको स्टेज प्रबेश गर्दै गर्दा आयोजक र दर्शक दिर्घाको खादा सहितको हुटिङ तालिको सम्मानले महोल पुरै गरम भएको थियो ।
मकै त भुट्यो फुल उठ्यो बल्लपो तामाङको हुल उठ्यो भन्दै स्टेज प्रबेश गरेका लोप्चनले ननस्टप १० वटा गित गाएका थिए । आगो त बाल्ने सलाईको, आस्याङकी छोरि क्या राम्री , आजिला सेर्मा, खाल्दा निबारि, बेशि घट्टारि, वाला वाला रिबन , बल्लपो तामाङको हुल उठ्यो , सो माया सोसित लगायतका गितहरु प्रस्तुत गरेका थिए । निरन्तर दर्शकोको हुटिङ र वन्समोर आएपछि गायक लोप्चनले थप गितहरु प्रस्तुत गरे ।
दुबाई युएईमा पुगेका गायक आस्मान लोप्चनलाई हामिले कार्यक्रम कस्तो रह्यो भनेर प्रश्न गर्दा अहिले सम्मकै सबै भन्दा सम्मान सहितको मायाको पाएको भन्दै खुशि ब्यक्त गरे । कार्यक्रममा स्याब्रु नाचले माहोल थप सुन्दर देखिएको थियो ।
दुबाईमा बस्नुहुने स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुति भएको कार्यक्रममा गायक अनिल स्याङबो, समाजको महासचिव गायक संजय लामा, गायक अग्नि बोम्जन,गायक ईसान बोम्जन, गायक मनिष लोप्चन र गायिका पासाङ याङकि लामाले गित प्रस्तुत गरे भने कलाकार सुजिना गोलेले नृत्य प्रस्तुति दिएका थिए । भव्य रुपमा सम्पन्न भएको कार्यक्रमलाई निर्मला गोले ,जनक गोले (समाजका सल्लाहकार) र अर्का एक ले कार्यक्रमलाई संचालन गरेका थिए । प्रयोजक सिटि एस्प्रेसमनि टन्सफर , होटल पार्टनर फुलबरि रेस्टुरेन्ट , ठमेल रेस्टुरेन्ट, नाङ्लो रेस्टुरेन्ट र ज्वेलरी पार्टनर सपाना ज्वेलरी सहयोग गरेको थियो।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार