सिन्धु समाज अमेरिकाको अध्यक्षमा युवा व्यवसायी दिपेश लामा (मोलम) चयन

काठमाडौं जुझारु युवा नेता, युवा समाजसेवी एवं युवा व्यवसायी दिपेश लामा (मोलम) सिन्धु समाज अमेरिकाको अध्यक्षको नेतृत्वमा सर्वसम्मत चयन भएको छ। विगत दशकौंदेखि अमेरिकालाई आफ्नो कर्मभुमि बनाएका लामाले यो गरिमामय अवसर प्राप्त गरेका छन्। सिन्धुपाल्चोक बलेफी गाउँपालिका ५ का लामा सानै उमेरदेखि समाजसेवा गर्नुपर्छ भन्ने भावनाबाट...