सिन्धु समाज अमेरिकाको अध्यक्षमा युवा व्यवसायी दिपेश लामा (मोलम) चयन

साथीहरूकाे आड, भराेसा र हौसलाकाे कारणले र आफ्नाे जन्मभूमिका लागि केही गरौं भन्ने हुटहुटि मनमा छ - दिपेश लामा (मोलम)

  प्रीतम कुमार तामाङ

काठमाडौं
जुझारु युवा नेता, युवा समाजसेवी एवं युवा व्यवसायी दिपेश लामा (मोलम) सिन्धु समाज अमेरिकाको अध्यक्षको नेतृत्वमा सर्वसम्मत चयन भएको छ। विगत दशकौंदेखि अमेरिकालाई आफ्नो कर्मभुमि बनाएका लामाले यो गरिमामय अवसर प्राप्त गरेका छन्। सिन्धुपाल्चोक बलेफी गाउँपालिका ५ का लामा सानै उमेरदेखि समाजसेवा गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित व्यक्तित्व हुनुहुन्छ।

लामाका अनुसार सिन्धुपाल्चोक जिल्लाकाे विभिन्न ठाउँबाट अमेरिकामा आई विभिन्न राज्यहरूमा विभिन्न पेशा व्यवसायमा सहभागी भएकाे व्यक्तित्वहरु मिलेर सिन्धु समाज अमेरिका स्थापना गरेको बताउनुभयो। यति मात्र नभै सिन्धुपाल्चोक जिल्लाकाे चाैतर्फी बिकासमा हातेमालो गर्ने र सिन्धुपाल्चोक बाट अमेरिका आउनुभएकाे विभिन्न व्यक्तिहरूलाई एकताको सुत्रमा बाँध्ने मुख्य उद्देश्य रहेको उनको भनाइ छ। साथै, अन्य आइपर्ने समस्याहरूमा समेत सहयाेग गर्दै संस्थागत रूपबाट अगाडि बढ्नकाे लागि एक भेलाकाे आयाेजना गरि अमेरिकाकाे क्यालिफोर्नियामा सिन्धु समाज अमेरिका घाेषणा गरिएकाे उनले जन्मभूमि पोष्टलाई जानकारी दिए।
भेला विज्ञ समुहकाे संस्थापक नवराज लम्सालकाे प्रमुख आतिथ्यतामा भएकाे थियो भनें विशेष अतिथिको रुपमा निर्वतमान सशस्त्र प्रहरी डिआइजी के. बि . व्रमाचार्य हुनुहुन्थ्यो। साे भेलाले अमेरिकामा सफल व्यावसायिक पहिचान बनाउनु भएकाे, सिन्धुपाल्चोकमा भएकाे हरेक प्राकृतिक विपत्तिमा खुला हृदयले सहयाेग गर्दै आउनु भएकाे क्यालिफोर्निया निवासी श्री यज्ञलाल श्रेष्ठ काे संरक्षकत्वमा अमेरिकी नियम कानुनकाे अधिनमा रहि समाजिक सेवा गर्ने गरि गैरसरकारी, गैरनाफामुलक संस्था काे रूपमा सिन्धु समाज अमेरिका गठन गरिएकाे हाे। संस्थाकाे अध्यक्ष मा सिन्धुपाल्चोक काे युवाहरूकाे ढुकढुकी सफल युवा व्यावसायी दिपेश लामा ( माेलम) लाई छनाैट गरिएकाे छ। अब अमेरिकामा रहनुभएकाे सम्पूर्ण सिन्धुपाल्चोक बासी नागरिक काे सुख दुखकाे सारथीकाे रूपमा दिपेश लामा माेलम ले संस्थागत नेतृत्व गर्नु हुनेछ।

सिन्धु समाज अमेरिकाकाे संरक्षक : श्री यज्ञ लाल श्रेष्ठकानुनी सल्लाहकार : श्री यज्ञ नेपाल

सिन्धु समाज अमेरिकाकाे सल्लाहकार समितिकाे सदस्यहरू;

१) श्री सुरज पाख्रिन२) श्री राजेश माेक्तान३) श्री राम श्रेष्ठ४) श्री राजेन्द्र लामा५) श्री रतुल लामा६) श्री बुद्ध लामा७) श्री रवि पराजुली
सिन्धु समाज अमेरिकाकाे कार्यसमिति यस प्रकारकाे रहेकाे छ।

अध्यक्ष : श्री दिपेश गोले लामाउपाध्यक्ष : श्री जयराम पण्डितमहासचिव : श्री कप्तान लामासचिव : श्री दिपेन्द्र थापाकाेषाध्यक्ष : श्री शान्ति थापासह- काेषाध्यक्ष : श्री राजेन्द्र श्रेष्ठसदस्यहरू :१) श्री उदय पण्डित२) श्री बलराम काजी बस्नेत३) श्री दिल बहादुर श्रेष्ठ४)श्री राजेन्द्र कुमार श्रेष्ठ५)श्री पार्वती लामा रहनु भएकाे छ।

यस सिन्धु समाज अमेरिकाले निकट भविष्य नै विभिन्न कार्यक्रमहरू घाेषणा गर्नुकाे साथसाथै काठमाडौंमा सिन्धु समाज अमेरिकाकाे सिन्धुपाल्चोक सम्पर्क कार्यालय काठमाडौमा खाेलिने योजना बनाएको समाजले बताएका छन्। साथै सम्पूर्ण सिन्धुपाल्चोक काे युवाहरूलाई समाजसेवामा लगाउनकाे साथसाथै आत्मनिर्भर र अमेरिकामा सिकेको ज्ञान सिपलाई आफ्नाे जन्मभूमिमा कसरी अगाडि बढाउन सकिन्छ भनेर विभिन्न कार्यक्रम तर्जुमा गरि नेपालमा एक समिति निर्माण गरि सामाजिक क्षेत्रमा संस्था गत हस्तक्षेप गर्नेछ ।सिन्धुपाल्चोक जिल्लामा भैपरिआउने कुनैपनि प्रकारको सहयोग गर्नकाे लागि संस्थाले कुनै कसर बाँकी राख्ने छैन भन्ने प्रतिबद्धता संस्था काे संरक्षक श्री यज्ञ लाल श्रेष्ठले गर्नुभयाे ।
कार्यक्रम बाेल्दै प्रमुख अतिथि नवराज लम्सालले सिन्धुपाल्चोक काे बिकासकाे लागि अमेरिकामा सफलता हाँसिल गर्नुभएकाे परम आत्मिय मित्र यज्ञलाल श्रेष्ठले लिनुभएकाे अठाेट सबै नेपालीले बुझ्नुपर्ने र सबै सफल युवाहरूले आफ्नाे जन्मभूमिका लागि केही न केही याेगदान गर्न यज्ञलाल जि बाट सिक्नुपर्ने बताउनु भयाे। बिगतमा पनि सिन्धुपाल्चोक काे हरेक समस्या मा अग्रिणी सहयाेगीकाे रूपमा यज्ञलालले धेरै काम गर्नुभएकाे भन्दै घरवार बिहीनहरूकाे लागि आफ्नाे निजि खर्चमा ११ वटा घर बनाएर अमेरिकाबाट पहिलाे नेपाली म्यारिल्याडकाे नेशनल डेलिगेट श्री ह्यारी भण्डारी सहित गएर घर हस्तान्तरण गरेकाे बिषय काेट्याउँदै अब अझै बढी सिन्धुपाल्चोक काे बिकासमा सिन्धु समाज अमेरिका काेशेढुङ्गाे हुने बिस्वास गर्नु भयाे ।

संस्थाकाे वर्तमान अध्यक्ष श्री दिपेश लामा माेलमलाई बधाई दिदै चर्चित युवाले नेतृत्व गरेकाेले याे संस्थाले परिणाममुखी काम गरेर देखाउने आशा व्यक्त गर्नुभयाे। प्रमुख अतिथि लम्सालले कार्य समिति काे सबैलाई मन वचन र कर्मले सिन्धुपाल्चोक काे बिकासमा हातेमालो गर्नुहुनेछ भन्ने आफुलाई लागेकाे छ भन्नुभयाे।यसैगरी विशेष अतिथि पूर्व डिआईजी के. बि. व्रमचार्यले यति टाढा आएर पनि जिल्लाकाे बिकास गर्न लागिपर्नु भन्ने कुरा नेपालीले मात्रै गर्न सक्ने र याे र यस्तै समाजसेवी काम अरू जिल्ला काे नेपालीहरूले पनि प्रेरणा लिनुपर्ने बताउनु भयाे। पूर्व डिआईजीले यज्ञलाल श्रेष्ठ असाध्यै समाजसेवी र आफ्नाे पुरानाे मित्र पनि भएकाेले उहाँले असाध्यै राम्रोसँग संस्था चलाउनु हुन्छ भन्ने बिस्वास आफुलाई भएकाे बताउनु भयाे।
अमेरिकामा भएकाे भेला आयाेजक कमिटी अध्यक्ष श्री दिपेश लामा माेलमले आफू व्यस्त हुँदाहुँदै पनि साथीहरूकाे आड, भराेसा र हौसलाकाे कारणले र आफ्नाे जन्मभूमिका लागि केही गरौं भन्ने हुटहुटिले आफु संस्थाकाे अध्यक्ष बन्न राजी भएकाे बताउनु भयाे। साथै आफ्नाे नेतृत्वमा सहभागी सबैलाई हार्दिक धन्यवाद सहित सल्लाहकार अग्रज व्यक्तित्वहरूकाे निर्देशन बमोजिम संस्थाले पराेपकारी कार्य गर्ने बताउदै कार्यक्रम अन्त्य भएकाे घाेषणा गर्नुभयो।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार