सरकारले गुम्बा निर्माणका लागि पनि बजेट विनियोजन गर्छ : स्वास्थ्य मन्त्री बस्नेत

  जन्मभूमि संवाददाता

हेलम्बु,
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गुम्बा निर्माणका लागि पनि सरकारले बजेट बिनियोजन गर्ने बताएका छन् । हेलम्बु गाउँपालिका २ मेन्ज्येमा निर्माण गरिएको उर्गेन साङ्ङाग देछ्येन छयोलिङ गुम्बाको शनिबार समुदघाटन गर्दै मन्त्री बस्नेतले सरकारले यसै वर्षदेखि गुम्बा निर्माणका लागि बजेट विनियोजन गर्ने बताएका हुन् ।

गुम्बा विकास समितिका पदाधिकारीले गुम्बा निर्माणमा सरकारले सहयोग गर्नु पर्ने माग राखेका थिए । स्वास्थ्य मन्त्री बस्नेतले स्थानिय जनताको आवश्यकता अनुसार काम गर्न आफु तयार रहेको बताउदै आफुले निर्वाचनका बेला प्रतिवद्वता व्यक्त गरेका विकास निर्माणका काम पाँच वर्षमा पुरा गरिछाड्ने दावी गरे । बस्नेतले भने, ‘ यो वर्ष पनि हेलम्बुमा थुप्रै विकास योजना सुरु गरेका छौ । २६ करोड बजेट विनियोजन गरेका छौ । पाँच वर्षसम्म मैले प्रतिबद्वता गरेको भन्दा बढी काम गरेर देखाउने छु । ’ आपत विपतका बेला सधै जनताको सारथी भएर काम गरेको स्मरण गर्दै मन्त्री बस्नेतले हेलम्बुमा ४ वटा स्वास्थ्य केन्द्र निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको र सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि यसै वर्ष ३२ हजार जनशक्ति थप्ने प्रस्ताव गरेको बताउदै स्वदेशमै चिकित्सा शिक्षा अध्ययन गर्न पाउने गरि काम गरिरहेको दावी गरे । कार्यक्रममा पुर्व मन्त्री शेरबहादुर तामाङले विकास निर्माणका काममा सबै राजनीतिक दलहरुको एक मत हुनु पर्नेमा जोड दिदै सरकारले दीर्घकालिन योजनाका साथ अगाडि बढ्नु पर्ने बताए ।

बाग्मती प्रदेशका सांसद कृष्णकुमार तामाङले बजेट कार्यन्वयनको चरणमा रहेकोले अहिले नै आत्तिनु पर्ने आवश्यकता नरहेको बताउदै पाँच वर्षभित्र आफुले बाचा गरेका विकास निर्माणका काम पुरा गर्ने दावी गरे । स्वास्थ्य मन्त्री बस्नेतको साथ र निर्देशनमा रहेर हेलम्बुको विकासका लागि अल्पकालिन र दीर्घकालिन योजना अगाडि राखेर काम भइरहेको उनले जानकारी दिए ।

गुम्बा विकास समितिका अध्यक्ष दावा नुर्वु लामाले भुकम्पपछि निर्माण सम्पन्न भएको सबै भन्दा ठूलो गुम्बाको उदघाटन भएकोमा खुशी व्यक्त गर्दै गुम्बा निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । समारोहमा मन्त्री बस्नेतले गुम्बा निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेका थिए । समारोहमा पूर्व प्रदेश स्वास्थ्य मन्त्री निमा लामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, लामा गुरुहरु, समाजसेवी लगायत स्थानियवासीको सहभागिता थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार