दिपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार गोरखापत्रकर्मी शिवमाया तामाङलाई

  प्रीतम कुमार तामाङ

काठमाडौं
तामाङ पत्रकार संघको २० औं स्थापना दिवसको अवसरमा वरिष्ठ पत्रकार दिपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार गोरखापत्रकर्मी शिवमाया तामाङलाई प्रदान गरिएको छ। तामाङलाई नगद रु.५ हजार सम्मान पत्रद्वारा सम्मानित गरिएको छ।

साथै, २० जनाले उक्त कार्यक्रमको सिलसिलामा रक्तदान पनि गरिएको छ। बौद्ध स्तुपा परिसरमा आयोजना गरिएको कार्यक्रममा तामाङ समाजका विभिन्न प्रबुद्ध व्यक्तित्वहरुले स्वर्गीय पत्रकार दिपेन्द्र दोङको सम्झनामा उहाँको योगदानहरुको बारेमा चर्चा गरे। लामो समय दर्जनौं मिडिया हाउसमा रहेर उहाँले तामाङ समाज र नेपाली समाजमा पुर्याउनुभएको योगदान अतुलनीय छ।

स्वर्गीय दोङको श्रद्धाञ्जली सभामा जम्मा भएको रकमको व्याजबाट वर्षेणी एक जना पत्रकारलाई अर्को वर्षदेखि रु. १० हजार नगद सहित सम्मानित गर्ने आयोजक संस्थाले जानकारी दिनुभएको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार