युवा नेता निमा जाङ्बु शेर्पाको पहलमा निर्मित भिमसेन मन्दिर उद्घाटन

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
चौतारा साँगाचोकगढी नगरपालिका-३ खाले मानेडाँडामा भिमसिन मन्दिर उद्घाटन गरिएको छ। नेपाली काँग्रेस बागमती प्रदेशका सदस्य निमाजाङ्बु शेर्पाको प्रमुख आतिथ्यता एवं नेपाली काँग्रेस बागमती प्रदेश महाधिवेशन प्रतिनिधि थुप्तेन ग्याल्बो लामाको विशेष आतिथ्यतामा उक्त कार्यक्रम सुसम्पन्न भएको हो।

त्यस्तै कार्यक्रममा नेका प्रदेश महाधिवेशन प्रतिनिधि लालकाजी तामाङ, दोलखा जिल्ला नेका क्षेत्रीय उपसभापति सुवास लामा लगायतको समेत उपस्थिति रहेको थियो। साथै चर्चित कलाकार प्रेम लोप्चन, आस्मान लोप्चन, प्रदिप लामा र रोश्न लुङ्बाद्वारा सांस्कृतिक मनोरञ्जन दिलाएका थिए।

भिमसेन मन्दिर निर्माणका लागि प्रमुख अतिथि शेर्पाको पहलमा रु.१० लाख बजेट बागमती प्रदेशबाट विनियोजित भएको थियो। सो रकमबाट पक्की मन्दिर निर्माण भएको छ। पुर्खौं देखि भिमसेनको रुपमा पुज्दै आएको मन्दिर निर्माण पछि स्थानीय खालेबासी हर्षित भएका छन्।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार