नेपाली पत्रकारहरुको छाता संगठन पत्रकार महासंघलाई आइएफजेले सदस्यवाट हटायो !

  जन्मभूमि संवाददाता

काठमाडौं
अन्तराष्ट्रिय पत्रकार महासंघ (आइएफजे ) ले नेपाल पत्रकार महासंघलाई कारवाही गर्ने भएको छ । नेपाली पत्रकारहरुको छाता संस्था महासंघलाई सदस्यता शुल्क वापतको रकम नबुझाएका कारण आइएजेले आफुसंगको आवद्धता लाई एकतर्फी रूपमा तोड्ने प्रक्रिया अघि बढाएको हो ।

आइएफजेलाई महासंघले करिव दुई लाख नेपाली रुपैयाँ तिर्नु पर्ने छ । सदस्यता वापतको उक्त रकम कोषाध्यक्ष कलेन्द्र सेजवालले तिर्न नमाने पछि महासंघ आइएफजेको सदस्यवाट हट्ने अवस्था आएको हो । महासंघका एक सदस्यका अनुसार आइएफजेलाई पठाउँनु पर्ने चेकमा कोषाध्यक्ष सेजवालले हस्ताक्षर नगर्ने अड्डी लिए पछि समस्या उत्पन्न भएको हो । आइएफजेले महासंघलाई पत्र लेख्दै सदस्यताबाट हटाउने प्रक्रियाका बारेमा जानकारी गराइसकेको छ ।

आइएफजेले महासंघलाई उपलब्ध गराएको समावेशीता र नेतृत्व विकाससंग सम्बन्धीत कार्यक्रम समेत राम्रोसंग नगरेको भन्दै थप कार्यक्रम माथी रोक लगाएको छ । महासंघले आइएफजेलाई पठाएको आर्थिक प्रतिवेदन माथी प्रश्न उठेको बताइएको छ । कोषाध्यक्ष सेजवालले चेकमा रकम पठाउन नमान्नुमा खास कारण नरहेको बताइएको छ । महासंघ स्रोतका अनुसार सेजवालले आर्थिक गतिविधि आफु खुसी गर्दै आएकाले पारदर्शीताको माग हुँदै आएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार