मेडिकल शिक्षाको क्षेत्रमा आमूल परिवर्तन गराउन स्वास्थ्य मन्त्रालयको बोल्ड निर्णय

  प्रीतम कुमार तामाङ

काठमाडौं
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकको मेडिकल शिक्षाको क्षेत्रमा आमूल परिवर्तनका खातिर निम्नलिखित बोल्ड निर्णयहरु गरेका छन्। मन्त्री बस्नेतले विद्यमान परिस्थितिमा स्वास्थ्यको क्षेत्रमा कमि हुँदै गएको दक्ष जनशक्ति उत्पादन गर्न विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको पत्रकार सम्मेलन मार्फत जनाउनुभयो।

यी हुन् आज निर्णय भएका बुँदाहरु;

१) १ सय देखि ३०० सम्म वेड सङ्ख्या भएका अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई प्यारामेडिक्स र नर्सिङ पठनपाठनको अनुमती दिने,
२) ३०० भन्दा माथी वेड सङ्ख्या भएका अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई नर्सिङ, प्यारामेडिक्स र मेडिकल अधिकृत (MBBS) पठनपाठनको अनुमती दिने,
३) आवश्यक जनशक्ति, भौतिक संरचना र मेडिकल उपकरणहरुको विद्यमान व्यवस्था अनुसार सम्बन्धित अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान हरुले कुन कुन विषयमा, कुन कुन तहमा, कति कति विद्यार्थी पठनपाठन गर्न/गराउन सक्ने कुराको जानकारी संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दिनको निमित्त पत्राचार गर्ने,

स्वास्थ मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा माथी उल्लेखित निर्णयहरुको कार्यान्वयनको पहलकदमीका निमित्त चिकित्सा शिक्षा आयोग लगायत सम्बन्धित निकायहरुमा पत्राचार भई सकेको बताए। साथै, निर्णयहरुको कार्यन्वयन पश्चात् भरखरै सम्पन्न चिकित्सा शिक्षा आयोगको Medical Education Common Entrance Examination-2023 मा आवेदन दिने ३९ हजार ४ सय ७० जना मध्ये नेपालमा ७ हजार ६ सय ६ जना मात्र पढ्न पाउने जस्तो गम्भीर समस्या समाधान हुनेछन्। जसबाट निम्नलिखित उपलब्धिहरु हासिल हुने स्वास्थ्य मन्त्रालयको दावी छ।
१) मेडिकल शिक्षामा लाखौं विद्यार्थीहरुले नेपाल मै पठनपाठन गर्न पाउने,
२) हजारौंको रोजगारी सृजना हुने,
३) ठूलो संख्यामा युवा शक्ति विदेश पलायन रोक्ने,
४) विदेशी विद्यार्थी नेपाल आई अध्ययन गर्नाले विदेशी रकम अर्बौ देशमा भित्रिने,
५) नेपाली विद्यार्थी नेपाल मै अध्ययन गर्नाले खर्बौ रकम मुलुक मै रहने,
जस्ता मुलुकलाई फाईदै फाईदा पुग्ने थुप्रै उपलब्धिहरु हासिल हुनेछन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार