रैथाने खानाका अभियन्ता प्रेमलाल घिसिङ जीवन र मृत्युको दोसाँधमा, सहयोगको अपिल

  जन्मभूमि संवाददाता

काठमाडौं
नेपाली रैथाने खानपान खोज तथा अनुसन्धान अभियान्ता सेफ प्रेमलाल घिसिङ तामाङ क्यान्सर रोगसँग लडिरहेका छन् । उनी अहिले रोगबाट थलिएपछि उपचाररत छन् । उनी केही समयदेखि बिरामी परेपछि रोग पत्ता लगाउन उपचारमा भौँतारिँदा भएभरको आर्थिक सकिएको बिरामीका आफन्तले बताएका छन् ।

अहिले उनी क्यान्सर जस्तो प्राणघातक रोगसँग लडिरहेका छन् । डाक्टरका अनुसार उनीलाई करिब २५–३० लाख रुपैयाँ खर्च लाग्ने बताइएका छन् । उनी भन्छन्‚‘यो रोगबाट म बाँच्न सफल भएमा फेरि समाजका लागि रैथाने खाना र चौरासी व्यञ्जनलाई निरन्तरता दिनेछु ।’
नेपाली र लोपोन्मुख रैथाने मौलिक खानासँग जोडिएको नाम हो ‘सेफ प्रेमलाल घिसिङ’। उनले रैथाने खाना र मौलिकताको खोज, अध्ययन , अनुसन्धान र संरक्षण गर्न १०१ दिने रैथाने खाना खोज अभियान सञ्चालन गरी ‘नेपालको हेरिटेज फुड र कल्चरल फुडको बारेमा पनि अध्ययन गरिएका छन् । सेफ घिसिङले नेपाली चौरासी व्यञ्जन खानासमेतलाई अहिले स्थापित गरेका छन् ।
यतिखेर उनको जीवन पुरानै शैली फर्काउन सहयोगी हातहरूको खाँचो छ । आर्थिक पाटोलाई सहज बनाउन सबैले सहयोग गरिरहेका छन् भने थप सहयोगको लागि अमेरिका निवासी कविलाल घिसिङले गोफण्डमार्फत अभियान सञ्चालन गरेका छन् ।अमेरिका हुने मनकारीहरुले यस अभियानमा सहभागी भइ सहयोग गर्नका लागि अनुरोध गरेका छन् । सहयोगी हातहरुले बिरामीको खाता

Premlal Tamang 0750091715200014 NMB Bank,Tinkune, Kathmandu

मा सिधैं सहयोग गर्न पनि सकिनेछ ।
सेफ घिसिङ बिरामी हुनुअघि नेपाली खानपानलाई बजारीकरण गर्नको लागि नेपाली खानाको प्रतियोगिता ‘चौरासी व्यञ्जन अवार्ड तथा सम्मान’ सिजन–२ र ‘चौरासी व्यञ्जन प्रतियोगिता’ सिजन–२ र खाने कथा प्रतियोगिताको तयारीमा थिए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार