मिलेमतोमा स्लेट ढुंगा ओसारपसार गरेको जुगलको आरोप, प्रहरी भन्छ प्रमाण सहित आएकोले छाडे

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जुगल गा.पा. वडा नं ६ हगामको विसिघंर स्थित डि एस इन्डस्ट्रीच प्रा.लि. नामक ढुंगा खानीले स्थानीय सरकारको स्वीकृति नलिई अवैध निकासी गरेको गाउँपालिका उपाध्यक्ष हिमाल श्रेष्ठले जनाएको छ। श्रेष्ठका अनुसार रातारात लुकिछिपी प्रक्रिया नपुर्याई प्रहरीको मिलेमतोमा यसरी अवैध रुपमा ओसारपसार गरेको आरोप लगाएका छन्।

उपाध्यक्ष श्रेष्ठले जन्मभूमि पोष्टलाई जानकारी दिँदै, “खानी तथा भूगर्भ विभागमा दर्तावाला ढुंगा खानी डि एस ईन्डस्ट्रिच प्रा.ली. ले खानी विभागबाट राजश्व तिरेको रसिद सहितको पत्र गाउँपालिकामा देखाएको तर गाउँपालिकाले यस सम्बन्धमा अख्तियारमा उजुरी परेको, उत्खनन भएको ढुङ्गा सार्वजनिक जग्गाबाट हुन सक्ने, खानी तथा खनिज पदार्थ संरक्षण नियमावली २०५६ पुरानो भएको हुँदा स्पष्ट मापदण्ड नबनिसकेको अवस्था र कुनै नीतिगत निर्णय विना स्वीकृत खानीकै भएपनि निकासीका लागि गाउँपालिकाले अनुमति नदिने र यसको लागि नजिकैको ईलाका प्रहरी कार्यालय जलबिरे तथा जिल्ला प्रहरी कार्यालयलाई समेत सचेत गराउँदा गराउँदै पनि प्रहरीको ठाडो मिलेमतोमा रातारात ४ ट्रिप स्लेट ढुङ्गा निकासी भएको बताए।

उनले थप्दै भन्नुभयो, “गाउँपालिकाको आधिकारिक हस्ताक्षर सहितको निकासी अनुमति पत्र नहुँदा नहुँदैपनि के कसरी र किन प्रहरीले ढुङ्गा छोडिदिएको हो ? यसले संघीयताको समन्वय, सहकार्य र सहअस्तित्व भन्ने मर्ममाथि प्रहार भएको र प्रहरीको मिलेमतो प्रति सम्बन्धित निकायको ध्यान आकर्षित गर्दै जुगल सरकारद्वारा आपत्ति जनाउँदछौं।”

प्रहरी भन्छ; पूरा प्रमाण भएकोले छाडेको हुँ।

जिल्ला प्रहरी प्रमुख एसपी बाल नरसिंह राणा संग यसबारे बुझ्दा उक्त ढुंगा कंम्पनीले चाहिने जति सबै प्रमाण बुझाएकोले ढुंगा निकासीका लागि छाडिएको बताए। उनका अनुसार खानी तथा भुगर्भ विभागमा दर्ता, करचुक्त, स्वीकृति सबै नविकरण कागजात रहेको र ढुंगा निकासीका लागि स्थानीय जुगल सरकारलाई तिर्नुपर्ने राजश्व समेत तिरेको देखिएकोले छाडिएको जानकारी दिए। प्रहरीले खोजेको सबै कागजात सहि देखिएकोले रोक्नुपर्ने कारण नदेखिएको उनको बुझाई छ।

जुगल गाउँपालिका उपाध्यक्ष श्रेष्ठले दिनुभएको जानकारी अनुसार ढुंगा ओसारपसार एवं निकासी गर्न राजश्व तिरेको बिल सहित स्थानीय तहको स्वीकृति पत्र चाहिने जिकिर गर्छन्। त्यस्तै एस पि राणा भनें स्थानीय सरकारलाई कर तिरिसकेको देखिएकोले ढुंगा छाड्नु पर्ने अवस्था आएको बताउँछन्। जन्मभूमि पोष्टलाई गाउँपालिकामा राजस्व बुझाएको रसिद प्राप्त भएको छ।

जुगल गाउँपालिकाको आन्तरिक आयको प्रमुख श्रोत स्लेट ढुंगा नै हो। यसबाट पालिकाले वर्षेणी करोडौं राजश्व आम्दानी संगै स्थानीयहरुले समेत रोजगारीको राम्रो बाटोको रुपमा अंगाल्दै आएको छ। तर केहिले सार्वजनिक जग्गामा अवैध रुपमा उत्खनन गरेपछि पटकपटक विवाद पनि आइरहेका छन्। हाल यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा परेको र यसको किनार लागिसकेको छैन।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार