स्वास्थ्य मन्त्रीको अनुरोधमा बाह्रबिसे, भोटेकोसी र त्रीपुराले भुकम्प पीडितका लागि ३५ लाख राहत घोषणा

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
गत राती जाजरकोट र रुकुममा भुकम्पका कारण विस्थापित एवं पीडितहरुको उपचार तथा पुनर्स्थापनाका लागि स्थानीय तहहरुले राहतको घोषणा गरेका छन् । यस्तैमा सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका र त्रीपुरा सुन्दरी गाउँपालिकाले राहत रकम घोषणा गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको आग्रहमा क्रमशः १५ लाख र १०-१० लाख गरि ३५ लाख सहयोग गर्ने गरि घोषणा गरिएको त्रीपुरा सुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिनुभएको छ।

अध्यक्ष बोहराका अनुसार माननीय मोहन बहादुर बस्नेत ज्यूको अनुरोधलाई ध्यानमा राख्दै भूकम्प पिडित जाजरकोट र रुकुम पश्चिम बासीहरुको लागी सिन्धुपाल्चोक जिल्लाका ३ स्थानीय सरकारको तर्फबाट सहयोग उपलब्ध गराउने घोषणा गरेको बताए।

हाल सम्ममा जिल्लाका अन्य दुई गाउँपालिका बलेफीले ५ लाख र जुगलले ३ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्तिक १७ गते राती करिब ११ः४७ बजेको समयमा जाजरकोट केन्द्रबिन्दु भई ६.४ म्याग्निट्युटको भुकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएको छ भनें सयौं घाइते भएका छन्।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार