वडा अध्यक्ष रमेशकुमार श्रेष्ठको पहलमा विपन्नलाई न्यानो कपडा सहित सरसफाइ सामाग्री

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
बलेफी गाउँपालिका वडा नं.८ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठको पहलमा वडा भित्रको विपन्न महिलाहरुलाई न्यानो कपडा र सरसफाइका सामाग्री सहितको सेट वितरण गरेका छन्। गत सोमबार वडाअध्यक्ष श्रेष्ठ, पालिका उपाध्यक्ष सरु लामा तामाङ र वडा नम्बर ७ का अध्यक्ष गृविन्द्रकुमार चौलागाईं उपस्थित हुनुभै सो सामाग्री हस्तान्तरण गर्नुभएको छ।
अध्यक्ष श्रेष्ठका अनुसार वडाभित्रका आर्थिक स्थिति कमजोर भएका महिला दिदीबहिनीहरुलाई उहाँहरुका लागि चाहिने सरसफाइ देखि न्यानो कपडा वितरण गरेको जन्मभूमि पोष्टलाई बताउनुभयो। उक्त सामाग्रीको सेट महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले उपलब्ध गराएको हो।

सो सेटमा साबुन, लुगाधुने साबुन, नैनी, पछ्यौरा, महिलाहरुले लगाउने कपडाको सेट रहेको छ। हाललाई वडाभित्रका ९ जना महिलाहरुलाई बाँडेका छन्। आगामी दिनहरुमा पनि आर्थिक स्थिति कमजोर भएका महिलाहरुलाई पनि यस्तै सामाग्री सहयोग गर्दै जाने वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो।

उपाध्यक्ष लामाले सामाग्री हस्तान्तरण गर्दै यति महान कार्य गर्नुभएकोमा वडा अध्यक्ष श्रेष्ठलाई धन्यवाद दिनुभयो। यस्तै सामाजिक कार्य भावी दिनहरुमा गर्दै जान समेत उहाँले सुझाव दिँदै आफ्नो तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार