झिर्पु मा.वि. मा अध्ययनरत सम्डुक शेर्पालाई चीनमा उच्च शिक्षा लिने अवसर

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक,
जिल्लाको भोटेकोसी गाउँपालिका स्थित झिर्पू माध्यमिक विद्यालयमा अध्ययनरत सम्डुक शेर्पा उच्च शिक्षाका लागि चीन प्रस्थान गरेको छ। यस विद्यालयले यसै शैक्षिकसत्र देखि जिल्ला कै पहिलो चिनियाँभाषा पढाउन सुरुवात गरेको थियो। भाषा अध्यापन गराउनका लागि वि.व्य.स.अध्यक्ष आङछिरी शेर्पाको पहलमा सोवर्स एक्सन हाङकङ र सोवर्स एक्सन नेपालको आर्थिक सहयोग रहेको छ। चिनियाँ भाषाको शिक्षा दिए संगै विद्यार्थीहरुमा एउटा उत्साह थपिएको थियो।

केही महिना अघि सम्पन्न वार्षिकोत्सबमा विशिष्ट अतिथिका रुपमा पाल्नुभएका चिनियाँ एम्बेस्सीका काउन्सुलरले झिर्पुमा चिनियाँ भाषा अध्ययन गरेका विद्यार्थीहरुलाई चीनमा उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए। यसै अनुरुप पनि विद्यालयको पहलमा पहिलो विद्यार्थीको रुपमा शेर्पा चीनको वान्चु विश्वविद्यालयमा गएको वि.व्य.स. अध्यक्ष शेर्पाले जानकारी दिनुभयो।

सम्डुक शेर्पालाई विदाई गर्दै वि.व्य.स. अध्यक्ष शेर्पा

अध्यक्ष शेर्पाले सम्डुकलाई त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा विदाई गर्दै चीनको बसाई र अध्ययन सुखद होस् भन्ने कामना गर्दै झिर्पु मा.वि.को र भोटेकोशी क्षेत्रको नाम उच्च राख्न अघि बढ्न समेत हौसला दिनुभएको छ।

साथै, उहाँले भविष्यमा अन्य विद्यार्थीहरुलाई समेत चीनमा यसरी नै अध्ययन गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै महत्वपूर्ण समन्वयको लागि लुम्बिनी विश्वविद्यालयको प्रोफेसर कुमार खड्का सर प्रति आभार व्यक्त गर्नुभएको छ। चीनले सीमा क्षेत्रको बासिन्दाहरुलाई उच्च शिक्षाको लागि विशेष कोटा उपलब्ध गराउनु पर्ने वि.व्य.स. अध्यक्ष शेर्पाको माग छ। झिर्पु मा.वि. देशकै एक नमुना विद्यालयको रुपमा परिचीत छन्।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार