बलात्कार आरोपमा ओखलढुंगाका वडा अध्यक्ष धमला पक्राउ

षड्यन्त्र गरेर फसाइयो, प्रहरी र अदालतमा कानुनी लडाइँ लड्छु - वडा अध्यक्ष धमला

  प्रीतम कुमार तामाङ

काठमाडौं
किशोरी बलात्कार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन्। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१० का छविरमण धमलाले जबर्जस्ति बलात्कार आरोपमा २५ वर्षीय युवतीले जाहेरी दिएको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले पक्राउ गरिएको हो।

वडाध्यक्ष धमलाविरुद्ध असोज ५ गते मुद्दा दर्ता भै अदालतले असोज ७ गते पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई मंगलबार सिद्धिचरण नगरपालिकाबाट पक्राउ गरिएको थियो।

अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै सम्पर्कविहीन बनेका धमलाले सामाजिक संजालमा आफुलाई षड्यन्त्र गरेर फसाइएको दावी गरेका छन्। आफू प्रहरी र अदालतमा हाजिर भएर कानुनी लडाइँ लड्ने उनको भनाइ छ। धमलालाई ७ दिनको म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई जिम्मा लगाएको जनाएको छ।
वडा अध्यक्ष धमला दोस्रो स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट निर्वाचित भएका थिए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार